१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग आइरिस सभामुखको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेलले आज शिष्टाचार भेटघाट गररेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड सरकारका उच्चपदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।