१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ: कांग्रेस सहमहामन्त्री परियार

एमालेसहितको सहमतिमा एमसीसी पारित हुन्छ: कांग्रेस सहमहामन्त्री परियार
अ अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहितका सबै दलको सहमतिमा सरकारले संसदबाट एमसीसी पारित गराउने दावी गर्नु भएको छ । 

सहमहामन्त्री परियारले एमसीसीले नेपालमा दिने अनुदान सहायता समृद्धि र विकासका लागि भएकाले सरकारले सबै दलहरुको सहमतीमा सो प्रस्तावलाई संसदबाट पारित गराउने विश्वास व्यक्त गर्नु भएको हो । नेपाल प्रेस युनियन, कास्कीले आईतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । 

सहमहामन्त्री परियारले एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताउनु भयो । उहाँले भन्नु भयो, ‘एमसीसी नेपालमा झण्डै २० वर्ष अगाडिदेखि एमसीसीको बजेट नेपालमा आउन विभिन्न खालका सरकारहरुले काम गरेका छन । यो काम गर्ने सन्दर्भमा नेपालको कुनै पनि राजनीतिक दल अछुतो छैन । त्यसैले गर्दाखेरी म छोटकरीमा भन्न चाहन्छु–एमसीसीले नेपालमा जुन डोनेट गरेर आएको पैसा हो । त्यो पैसा नेपालको विकास र समृद्धिका लागि आएको पैसा हो ।

यो पैसाको सन्दर्भमा सरकारले जुन खालका सम्झौंताहरु गरेको छ । यदि त्यो सम्झौंतामा नेपालो अहित हुनेगरी कुनै किसिमको प्रावधान छन भने हटाउनु पर्छ । त्यसमा हाम्रो पार्टी नेपाली काँग्रेस अत्यन्त प्रतिवद्ध छ । काम गर्दाखेरी कमजोरी हुन सक्छन । यदि कमजोरी भएको छ भने ती शब्दावलीहरु, बूँँदाहरु हटाएर सबै दलहरुसँग परामर्श गरेर त्यसलाई संसदबाट पारित हुन सक्नेगरी छलफल गरेर नेपाली काँग्रेसले एमसीसीको प्रस्तावलाई अगाडि बढाउँछ । 

जहाँसम्म गठबन्धनको कुरा जोडिएको छ । गठबन्धनमा रहेका दलहरुले पनि सहमति जनाएर मात्रै एमसीसी पास हुन्छ । संसदमा पेश हुने कुरा ठूलो कुरा होइन । कुनै पनि विधेयक संसदमा पेश हुन सक्दछ । विधेयकहरु पेश भएपनि त्यहाँबाट सहमति नगरीकन पास हुँदैन, संसदमा । त्यसका लागि गठबन्धनमा रहेका सम्पूर्ण दलहरुलाई एक ढिक्का भएर त्यतिमात्र होइन् प्रमुख  प्रतिपक्ष दल नेकपा एमालेको समेत सहमती गराएर मात्रै एमसीसी पास हुन्छ । यो कुरामा म विश्वास दिलाउन चाहन्छु ।’

सहमहामन्त्री परियारले आगामी निर्वाचनमा सत्तारुढ दलहरुबीच आवश्यक्ताको आधारमा सहकार्य हुने पनि स्पष्ट पार्नु भयो । सबै निर्वाचन क्षेत्रमा भने सत्तारुढ दलहरुबीच सहकार्य गरेर निर्वाचनमा जान सक्ने अवस्था आफूले नदेखेको उहाँको टिप्पणी थियो ।