१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा (संबाेधनकाे पूर्ण पाठ सहित)

सङ्क्रमणकालका बाँकी अवशेष अन्त्य गर्न सेना बाधक हुँदैन : प्रधानसेनापति थापा (संबाेधनकाे पूर्ण पाठ सहित)
अ अ+ अ-

काठमाडौँ: प्रधानसेनापति पूूर्णचन्द्र थापाले छिमेकीको उन्नतितर्फको यात्रा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिघटना र परिदृश्यकारण आगामी केही समय अनिश्चितताको अवस्थाले नै निरन्तरता पाउन सक्ने सङ्केत गरेको बताउनुभएको छ ।

प्रधानसेनापतिमा पदबहालीको एक वर्ष पुगेको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा मंगलबार आयोजित कार्यक्रममा एकको सफलता र आगामी यात्राका विषयमा सकलदर्जालाई जानकारी गराउँदै उहाँले भन्नुभयो, “तथापि, आन्तरिक राजनीतिक परिवेश, विकासका आवश्यकता र सम्भावनाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रोे आगामी भविष्य हुनेमा विश्वस्त हुन सक्ने थुप्रै आधार रहेका छन् ।”

नेपाल सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको १००औँ दिनको अवसरमा संगठनमा भएका गतिविधिबारे जानकारी गराउन मङगलबार आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै प्रधानसेनापितलगायत नेपाली सेनाका उच्चपदस्थ अधिकारीहरू । तस्बिरः प्रदीपराज वन्त

समृद्ध नेपाल र सुुखी नेपालीको परिकल्पना विश्वसनीय प्रतिरक्षा प्रणाली र आन्तरिक सुरक्षा व्यवस्थाबिना सम्भव देखिन्न भन्दै प्रधानसेनापति थापाले बाह्य स्वार्थको प्रभावबाट हरेक तह र तप्का सतर्क र सुरक्षित रहँदै आफ्ना राष्ट्रिय हित तथा स्वार्थको संवद्र्धन गर्नु नै आगामी राष्ट्रिय चुनौती भएको बताउनुभयो ।

प्रधानसेनापति थापाले भन्नुुभयो, “यद्यपि, सङक्रमणकाल पार गर्ने क्रममा बढ्दो जनआकाङ्क्षा र अन्योलले सुरक्षा चुनौती थपिन सक्ने यथार्थलाई भने नकार्न सकिन्न । सङ्क्रमणकालका केही अवशेष बाँकी छन् भने त्यसमा नेपाली सेना बाधक हुँदैन, संवैधानिक दायित्व निर्वाह गर्ने क्रममा सरकारको आदेशमा परिचालित राष्ट्रिय सेनाको हौसलामा ठेस पनि लाग्नु हुँदैन ।”

समस्याको प्रकृतिअनुसार आन्तरिक सुरक्षा चुनौतीका विषयलाई सम्बोधन गर्ने गरी सरकारले लिएको नीति सफल हुँदै जाने आधार स्थापित हुँदै गएको अनुुभूत गर्न सकिन्छ भन्दै उहाँले भन्नुुभयो, “समयमै समस्याको पहिचान र त्यसको यथोचित समाधान हाम्रो राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनको मियो बन्न सक्यो भने आम नागरिकले अपेक्षा गरेभन्दा बढी उपलब्धि हासिल गर्न सक्ने प्रशस्तै आधार छन् ।”

सेनाजस्तो सङ्गठनको राष्ट्रिय दायित्वको दायरा सीमित हुनै नसक्ने बताउँदैै प्रधानसेनापति थापाले भन्नुुभयो, “सेना राज्यशक्तिको महत्वपूर्ण अङ्ग हो भन्ने जानेर वा नजानेरै पनि यसलाई कमजोर संस्था बनाउने वा देखाउने प्रयास हुनसक्छ, यसमा सच्चा नेपाली नागरिक सचेत छन् र हुनु पनि पर्दछ, संवैधानिक दायित्वका अतिरिक्त सरकारका पनि परिभाषित लक्ष्य हासिल गर्ने कार्यमा सेनाले सधैँ उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।”

उहाँले बजेटको पूूर्ण सदपयोग गर्ने व्यवस्था गर्न निर्देशन दिँदै त्यसको ठिक ढङ्गबाट कार्यान्वयन नभएमा आगामी दिनमा अझ कठोर नीति अवलम्बन गर्ने र सम्बन्धितको वृत्तिविकाससँग जोडेर हेरिने स्पष्ट गर्नुभयो ।

उक्त कार्यक्रमअघि भएको प्रधानसेनापति चौथो त्रैमासिक रोलकलमा जङ्गीअड्डा मातहतका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुखले सकल दर्जाले सङ्गठन सुुदृढीकरण, सेवासुविधा, पूर्वाधार, नीतिनियम, खर्चको पारदर्शिता, अनुशासन, रासन, तालीम, कल्याणकारी कोष र सेवा अवधिलगायतका विषयमा राख्नुभएको प्रश्नको जवाफ दिनुभएको थियो ।

सो अवसरमा सकलदर्जाबाटै सलामी नफर्काउनेदेखि खाजा खाने समय नमिलेर ग्यास्ट्रिकको समस्या भोग्नु परको, कतिपय तालीममा पनि खाजाको व्यवस्था नभएको, जोखिमको काममा भत्ताको व्यवस्था नभएको भन्दै सेनाका हाकिमका घरमा सहयोगीमा गैरसैनिक खटाउने व्यवस्था गर्नुपर्ने तथा बढुवाको नीति स्पष्ट हुनुपर्ने लगायतका विषयमा केन्द्रित रहेर रायसुझाव र गुनासा प्रस्तुत गर्नुभएको थियो ।

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

प्रधानसेनापति थापाले मंगलबार नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गर्नुभएको सम्पत्ति विवरणमा उहाँको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो ।

थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मा दुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ मा चार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा रु १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा रु ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा रु ५० हजार रहेको छ ।

श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ । उहाँले ग्लोबल आइएमईबाट रु १८ लाख, कल्याणकारी कोषबाट रु पाँच लाख, एनबी बैंकबाट रु ९८ लाख र लक्ष्मी बैंकबाट रु ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ ।

उहाँसँग फिगो फाेर्ड कार रहेको छ ।

सेनापति थापाकाे सम्बाेधनकाे पूर्ण पाठ पढ्नुहाेस्