१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेडिकल कलेज बन्द गराउने विप्लवका छोरा प्रकाश पक्राउ



अ+ अ-

चितवन । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाशसहित १७ जना पक्राउ परेका छन् । बुधबार बिहान चितवन मेडिकल कलेजको इमर्जेन्सी कक्ष बन्द गराउन खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन देखि विभिन्न माग राखेर चरणबद्ध आन्दोलनरत गरिरहेका छन् । आन्दोलनमा सहभागि भएका प्रकाश चन्दसहित ७ जना महिला र १० जना पुरुष पक्राउ परेका छन् ।