४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनापछि पत्रकारले पाए सफाई



अ+ अ-

काठमाडौं । साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन्। समाचार लेखेकै आधारमा पत्रकार गोपाल चन्द र केबी गुरुङले विद्युतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए।

१० महिनापछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो।

अदालतमा मंगलबार भएको बहसमा पत्रकार चन्द र गुरुङकोतर्फबाट अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो। उनी १८ दिने हिरासत बसाइपछि छुटेका थिए।

गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा ‘स्थानीयले खुकुरी प्रहारको प्रयास’ शीर्षकमा अर्कै अनलाइनको स्रोत दिई समाचार सम्प्रेषण भएको थियो।

सूचना विभागमा सूचिकृत अनलाइनको समाचारलाई प्रेस काउन्सिलले हेर्नुपर्ने भएपनि प्रहरीले पक्राउ गरेपछि आलोचना भएको थियो।