१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जर्मनीमा आईएफए ट्रेड शो, हुवावेका थुप्रै नयाँ उत्पादन सार्वजनिक

जर्मनीमा आईएफए ट्रेड शो, हुवावेका थुप्रै नयाँ उत्पादन सार्वजनिक
अ अ+ अ-

जर्मनी । हुवावेले जर्मनीको बर्लिनमा जारी कन्ज्युमर इलेक्ट्रोनिक्स तथा होम अपलायन्सेसका लागि विश्वकै अग्रणी व्यापार शो आईएफएमा आफ्ना कैयौँ नयाँ उत्पादनहरू र प्रविधि सार्वजनिक गरेको छ । ६ सेप्टेम्बरदेखि शुरू भएको उक्त आईएफ व्यापार शो ११ सेप्टेम्बरसम्म चल्नेछ ।

उक्त ट्रेड शोमा सार्वजनिक गरिएका हृवावेका धेरै उत्पादनहरूमध्ये प्रविधि क्षेत्रकै बिल्ट-इन फाइभ जी मोडेलजडित किरिन ९९० युक्त पहिलो र अल इन वान ˆल्याशीप एसओसी पनि रहेको छ ।

आईएफएमा “रिथिन्क इभोलुशन” शीर्षकमा किनोट स्पीच दिँदै हृवावे टेक्नोलोजिज कन्ज्युमर बिजनेश ग्रुपका प्रमुख कार्यकारी अधिकृत रिचर्ड यू ले पछिल्लो ˆल्याग्शीप किरिन ९९० सिरिजअन्तर्गतको किरिन ९९० तथा त्यसको फाइभ जी भर्सन सार्वजनिक गरे ।

उत्कृष्ट फाइभ जी अनुभव प्रदान गर्न किरिन ९९० को कार्यक्षमता, प्रभावकारिता, एआई कम्प्युटिङ, आइएसपी स्तोरोन्नति गर्दै मोबाइल फोन प्रयोगको अनुभवलाई नयाँ स्तरमा पुर्याुइएको छ ।

अत्याधुनिक ७ एन एम तथा इयूभी उत्पादन प्रक्रिया भएको फाइभ जी किरिन ९९०मा फाइभ जी मोडेम छ जसले थोरै ब्याट्रीको खपत गर्दछ ।

बलोङ ५००० को सर्वोत्कृष्ट कनेक्टिभिटी क्षमतामा आधारित किरिन ९९० फाइभ जीमा प्रति सेकेण्ड २.३ जिबिट डाउनलिंक रेट रहेको छ भने प्रति सेकेण्ड १.२५ जिबिटको अपलिंक पिक रेट रहेको छ र अद्वितीय फाइभ जी अनुभव प्रदान गर्ने गर्दछ ।

किरिन किरिन ९९० फाइभ जीमा धेरै संख्यामा ट्रान्जिस्टरहरू, सबैभन्दा धेरै फङ्क्सनहरू र औँलाको नङजत्रो आकारमा १०.३ अर्ब ट्रान्जिस्टरहरू रहेका छन् ।

यो दा भिन्सी आर्किटेक्चरमा निर्मित डुअल कोर भएको पहिलो ˆल्यागशीप एसओसी पनि हो । यसमा कम प्रकाश भएको स्थानहरूमा पनि उत्कृष्ट र स्पष्ट तस्वीरहरू प्रदान गर्न इमेज सिग्नल प्रोसेसरको पनि सुधार गरिएको छ ।

स्तोरोन्नति गरिएको आइएसपीका आधारमा किरिन ९९० फाइभजी ले ब्रान्डन्यू कुल फेस एआर सुविधा प्रदान गर्दछ ।  फेस एआर सुविधाले फेस मोडलिङ, वास्तविक समयमा ट्यार्र््िङ र अनुहारको हाउभाउ कैद गर्दछ । साथै स्वास्थ्यसम्बन्धी डाटाहरू जस्तै मुटुको धड्कन, श्वासप्रश्वासको दर र एआर एप्लिकेशनहरूको नयाँ सम्भावनाहरूको एक्सप्लोर गरेको छ ।

किरिन ९९० सिरिज जडित हृवावे मेट सिरिज यही सेप्टेम्बर महिनामा सार्वजनिक हुँदैछ । योसँगै स्मार्टफोन प्रयोगको कार्यक्षमता र फाइभजी अनुभव एउटा नयाँ उचाइँमा पुग्नेछ ।

त्यस्तै पाँच दिने आईएफ व्यापार शो मा नयाँ जेनेरेशनको होल होम वाईफाई सिस्टम हृवावे वाईफाई क्यू टु प्रो सार्वजनिक गरिएको थियो ।  हृवावेको गिगाहोम ५६३० गिगाबिट पीएलसी मोडेम चिप जडित र पीएलसी टर्बो प्रविधियुक्त हुवावे वाईफाई क्यू टु प्रो राउटरले पीएलसी नेटवर्किङको एन्टी इन्टरभरेन्स क्षमतामा वृद्धि गर्छ र २०० एमबीपीएस ब्रोडब्यान्ड र छिटो फाइबर अप्टिक ब्रोडब्यान्डको प्रयोग गर्दै नयाँ प्रविधिको आत्मसात गर्छ ।

थर्ड जेनेरेसन हृवावे बेस स्याटलाइट राउटरका रुपमा हृवावेको वाईफाई क्यू टु प्रो ले नेटवर्क सिग्नल ट्रान्समिसनका क्रममा देखिने समस्याहरू हल गर्दछ । यसले बेस तथा स्याटलाइट राउटरहरूबीचको गुणस्तरलाई बढाउँछ ।

छिटो ब्रोडब्यान्ड एक्सस भएका घरहरूका लागि यसको प्रयोग निकै राम्रो हुनेछ । हृवावे वाईफाई क्यू टु प्रो ले नेक्स्ट जेनेरेसनको आईपीभी सिक्स नेटवर्क कम्युनिकेशन प्रोटोकल सपोर्ट गर्दै प्रयोगकर्ताको गोपनीयता र नेटवर्क सुरक्षालाई सुदृढ बनाउँछ ।

किरिन ९९० र वाईफाई क्यू टु प्रोसँगै आईएफएमा सार्वजनिक गरिएको अर्को उत्पादन भनेको पी ३० प्रो को नयाँ भर्सनहरू रहेका छन् ।  पी सिरिज अन्तर्गतको आकर्षक डिजाइनहरू तथा नवीनतम इमेज टेक्नोलोजीलाई निरन्तरता दिँदै हृवावे पी ३० प्रो नयाँ डिजाइनहरू र कलर्स रिडिभाइनिङका साथमा पुनः सार्वजनिक गरिएको छ ।

प्रकृतिबाट प्रेरित भई हृवावे पी ३० प्रो का दुई नयाँ डिजाइनहरू म्याट सर्फ]{ स्यान्डिङ प्रोसेसबाट बनाइएको हो । मिस्टिक ब्लू र मिस्टी ल्याभेन्डर रंगमा रहेको हृवावे पी ३० प्रो ले नयाँ सम्भावनहरू उजागर गरेको छ र मोबाइलको लुकलाई नयाँ र निकै आकर्षक डिजाइन प्रदान गरेको छ ।