५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलको पनि आम्दानी घट्याे, झण्डै ६ प्रतिशतले गिरावट



अ+ अ-

काठमाडौं । लाभकर विवादमा लामो समयदेखि अल्झिएकाे एनसेलको आय २०१९ को पहिलो ६ महिनामा झण्डै ६ प्रतिशतले घटेको छ ।

आजियाटाका अनुसार, गत आर्थिक वर्षबाट लगाईएको दूरसञ्चार सेवा शुल्क र अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानीमा भएको कमीले गर्दा एनसेलको कुल आयमा असर गरेको हो ।

आजियाटाले आफू अन्तरगत कम्पनीहरुको पहिलो ६ महिनाको आर्थिक विवरण गत साता सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदन अनुसार, २०१८ को ६ महिना (जनवरी देखि जुन) को अवधिको तुलनामा २०१९ को ६ महिनामा एनसेलको आम्दानी ५.७ प्रतिशतले घटेको छ भने मोवाइल सेवा अर्थात कोर मोवाइल रेभिन्युमा ३.२ प्रतिशतको गिरावट भएको छ ।

त्यसैगरी सो अवधिमा एनसेलको अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा पनि १३.७ प्रतिशतले गिरावट आएको छ । भ्वाइस सेवा र अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोत हो । विभिन्न माध्यमहरुको उपलब्धता र प्रविधिमा आएको परिवर्तनले गर्दा विश्वव्यापी रुपमा नै दूरसञ्चार सेवा प्रदायकहरुको भ्वाइस र  अन्तर्राष्ट्रिय आगमन कलको आय घट्दो क्रममा रहेको छ ।

एनसेलको कुल आयमा गिरावट आएता पनि कम्पनीको डाटा सेवाको प्रयोग भने आक्रामक रुपमा बढ्दो क्रममा रहेको आजियाटाको प्रतिवेदनले देखाउछ । २०१८ को पहिलो ६ महिनामा कम्पनीको कुल डाटा खपत १ करोड ५९ लाख जिबी रहेकोमा यो वर्ष सोही अवधिमा २ करोड १ लाख जिबी डाटा खपत भएको छ ।

कुल ग्राहक संख्यामा ४८.४ प्रतिशत एनसेल ग्राहकले डाटा सेवा लिएका छन् भने यो सेवाबाट हुने आम्दानीको कुल आयमा २२ प्रतिशतको योगदान रहेको प्रतिवेदनले देखाएको छ । कम्पनीको प्रति ग्राहक प्रति महिना डाटा खपत औषतमा ८९१ एमबि रहेको छ ।

आजियाटा प्रतिवेदन अनुसार, एनसेलको झण्डै १ करोड ६६ लाख ग्राहक छन् । २०१५ देखि लाभकरको विवाद झेलिरहेको एनसेल उत्कृष्ट करदाता मध्ये एक कम्पनी हो ।

एनसेलले केही साता अघि सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार उसले स्थापनाका देखि गत आर्थिक वर्ष २०७५/७६ सम्ममा रु २१० अर्व विभिन्न कर शीर्षकहरु अन्तर्गत तिरेको छ ।