४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन मन्त्रीले गरे प्रजिअसँग भिडियो संवाद



अ+ अ-

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग भिडियो संवाद गर्न सकिने व्यवस्था मिलाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै संवादमार्फत आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रजिअबाट सबै जिल्लाका गतिविधिको जानकारी लिएका हुन् ।

१४ वटै जिल्लाका प्रजिअसँग मन्त्री कार्कीले संविधान दिवसलाई सिर्जनात्मक र विशेष ढंगबाट प्रदेश भरीका एक सय ३७ वटै स्थानीय तहमा मनाइने भएकाले त्यसै अनुसार तयारीमा लाग्न प्रजिअलाई निर्देशन दिएका छन् । जिल्लामा डेंगुबाट प्रभावित भएकाको संख्या, उनीहरुको उपचारका लागि मिलाइएको व्यवस्था र बिरामीको अवस्थाका बारेमा बुझेर जानकारी गराउन प्रजिअलाई उनको निर्देशन छ ।

प्रदेशका प्रजिअसँग समन्वयका लागि मन्त्रालयले सञ्चालनमा ल्याएको कार्यक्रमबाट प्रत्यक्ष भिडियो संवाद गर्न सकिने र कुनै विशेष अवस्थामा सामूहिक संवाद गरेर अवस्थाका बारेमा जानकारी लिँदै तत्काल पहल एवं आवश्यक सहयोग गरिने बताइएको छ । यसले विपद् तथा प्रकोप व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारीले गर्ने समन्वयमा सहजीकरण हुने दाबी मन्त्रालयको छ ।

प्रदेश १ मा झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला छन् ।