२२ भाद्र २०८३, सोमबार
,
Latest
पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुन मन्त्रीले गरे प्रजिअसँग भिडियो संवाद



अ+ अ-

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसँग भिडियो संवाद गर्न सकिने व्यवस्था मिलाएको छ । कार्यक्रमको शुभारम्भ गर्दै संवादमार्फत आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रजिअबाट सबै जिल्लाका गतिविधिको जानकारी लिएका हुन् ।

१४ वटै जिल्लाका प्रजिअसँग मन्त्री कार्कीले संविधान दिवसलाई सिर्जनात्मक र विशेष ढंगबाट प्रदेश भरीका एक सय ३७ वटै स्थानीय तहमा मनाइने भएकाले त्यसै अनुसार तयारीमा लाग्न प्रजिअलाई निर्देशन दिएका छन् । जिल्लामा डेंगुबाट प्रभावित भएकाको संख्या, उनीहरुको उपचारका लागि मिलाइएको व्यवस्था र बिरामीको अवस्थाका बारेमा बुझेर जानकारी गराउन प्रजिअलाई उनको निर्देशन छ ।

प्रदेशका प्रजिअसँग समन्वयका लागि मन्त्रालयले सञ्चालनमा ल्याएको कार्यक्रमबाट प्रत्यक्ष भिडियो संवाद गर्न सकिने र कुनै विशेष अवस्थामा सामूहिक संवाद गरेर अवस्थाका बारेमा जानकारी लिँदै तत्काल पहल एवं आवश्यक सहयोग गरिने बताइएको छ । यसले विपद् तथा प्रकोप व्यवस्थापन र नियन्त्रणका लागि प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारीले गर्ने समन्वयमा सहजीकरण हुने दाबी मन्त्रालयको छ ।

प्रदेश १ मा झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला छन् ।