१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनलाई गरे बर्खास्त, केही समयदेखि चुप थिए बाेल्टन

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार  बोल्टनलाई गरे बर्खास्त, केही समयदेखि चुप थिए बाेल्टन
अ अ+ अ-

वासिङटनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ह्वाइट हाउसमा ठूलाे फेरबदल गरेका छन् । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन् । बोल्टनसँग आफ्नो असहमति रहेको भन्दै ट्रम्पले बर्खास्त गरेका हुन् ।

चार वर्षे राष्ट्रपतिय कालमा राष्ट्रिय सुरक्षा सल्लाहकार फेरिएकाे याे तेस्राे अवसर हाे । यसअघि २ जना सल्लाहकार बर्खास्तीमा परिसकेका थिए ।

यसअघि मिसेल फ्लाइन र एचआर एमसीमास्टरले ट्रम्पको सुरक्षा सल्लाहकारको भूमिका खेलेका थिए । तर, ट्रम्पसँगको असहमतिपछि उनीहरू छोटो समयमै बाहिरिएका थिए । सन् २०१८ को अप्रिलमा तेस्रो सुरक्षा सल्लाहकारका रूपमा बोल्टनकाे नियुक्ति भएकाे थियाे ।

ट्रम्पले एक ट्विट गर्दै पदबाट राजीनामा दिन गरेको आग्रहअनुसार, जोनले मंगलबार राजीनामा दिएको उल्लेख गरेका छन् । ‘मैले जोनलाई राजीनामा दिन भनेको थिएँ । उनले मंगलबार बिहान मलाई राजीनामा बुझाएका छन् ।’

यद्यपि, बाेल्टनले ट्रम्पले नभनीकनै आफूले पदबाट राजीनामा दिएको बताएका छन् । जोनले उपयुक्त समयमा आफ्ना भनाइ सार्वजनिक गर्ने पनि बताएका छन् ।

‘कसैले नभनीकनै मैले आफैंले राजीनामा दिएको हुँ । उपयुक्त समयमा यसबारे आफ्ना धारणा राख्नेछु’, पदबाट बर्खास्त गरेको ट्रम्पको भनाइप्रति लक्षित गर्दै उनले भनेका छन् ।

ट्रम्पले इरान विरुद्ध अपनाएको कडा रवैयाको प्रमुख योजनाकार यिनै बोल्टनलाई मानिन्छ । तेहरानका नेताहरूसँग ट्रम्पले भेटघाट गर्न चाहेकोमा उनले विरोध गरेका थिए । त्यस्तै, उत्तर कोरियासँग परमाणु निःशस्त्रीकरणसम्बन्धी शिखर वार्तामा बाेल्टनले सकारात्मक भूमिका नखेलेको आरोप उत्तर काेरियाकाे छ ।

सुरुका दिनमा दुईबीच खासै विवाद नदेखिए पनि ट्रम्पका पछिल्ला विदेशनीतिप्रति उनी असहमत थिए । बाेल्टनकाे राजीनामापछि रिक्त सुरक्षा सल्लाहकारमा ट्रम्पले कसैलाई पनि नियुक्त गरेका छैनन् । ट्रम्पले अर्को सातासम्ममा नयाँ सुरक्षा सल्लाहकार नियुक्त गर्ने बताएका छन् ।