१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कप: रोनाल्डोको चार गोल, पोर्चुगलको सहज जित



अ+ अ-

काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले कमजाेर मानिएकाे पूर्वी युराेपकाे लिथुनियालाई सहजै पराजित गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

लिथुनियालाई पराजित गर्ने क्रममा कप्तान क्रिष्टियानो रोनाल्डोले चार गोल गरे । त्यस्तै, विलियन कार्भाल्होले एक गोल गरे । यता, लिथुनियाका लागि आन्द्रेयुस केविसियसले गोल फर्काएका थिए ।

खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै घरेलु टोली लिथुनियाविरुद्ध अग्रता बनाए । तर खेलको २८औं मिनेटमा लिथुनियाले गोल गर्दै खेल १–१ गोलको बराबरीमा पुर्‍याएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

दोस्रो हाफमा आक्रमक खेल खेलेको पोर्चुगलका लागि खेलको ६१औं र ६५औं मिनेटमा गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे । त्यस्तै, खेलको ७६औं मिनेटमा अर्को गोल थप्दै रोनाल्डोले पोर्चुगलका लागि ४–१ गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा कार्भाल्होले गोल गर्दै पोर्चुगललाई ५–१ गोलको जित दिलाए ।