१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने



अ+ अ-

गाईघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ ।

मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भन्नुभयो, “पार्टीको १४ औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य गर्नुपर्दछ, यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्दछ ।”

नेपाली काङ्ग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले आगामी १४ औँ महाधिवेशनबाट पार्टीभित्रको सबै गुटबन्दी अन्त्य भएर जाने र सबैले मिलेर अन्त्य बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले काङ्ग्रेस बिपीको विचारबाट बनेको र अहिले बिपीको विचारलाई छाडेर सबैले आफ्नै व्याख्या र विश्लेषण गरेर गुटबन्दीमा लागेका कारण पार्टी कमजोर भएकाले गुटबन्दीको अन्त्यका लागि जिल्लाका अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा उदयपुरका करीब ४०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।