१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने

आगामी महाअधिवेशनबाट काङ्ग्रेसभित्रको गुटबन्दी अन्त्य हुने
अ अ+ अ-

गाईघाट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र धनराज गुरुङले पार्टीभित्र लामो समय देखिको चरम गुटबन्दी पार्टीको आगामी १४ औँ महाधिवेशनबाट अन्त्य हुने बताउनुभएको छ ।

मङ्गलबार १०६ औँ बिपी जयन्तीको अवसरमा पार्टीको दोस्रो जनजागरण अभियानअन्तर्गत नेपाली काङ्ग्रेस उयदयपुरले गाईघाटमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री केसीले भन्नुभयो, “पार्टीको १४ औँ महाधिवेशनबाट पार्टीभित्रको गुटबन्दी देशैभरिबाट अन्त्य गर्नुपर्दछ, यसमा सबै अगुवा पार्टी कार्यकर्ताले अहिलेबाटै जिल्ला–जिल्लादेखि यो अभियान थाल्नु पर्दछ ।”

नेपाली काङ्ग्रेस पार्टी बिपीको विचारबाट सञ्चालन भएको हुनाले अहिले बिपीको विचारको मिथ्या व्याख्या गरेर पार्टीभित्र गुटबन्दी गर्ने सबै नेताहरुलाई आगामी महाधिवेशनबाट ठिक ठाउँमा ल्याउनुपर्ने उहाँको भनाइ थियो । गुटबन्दीको अन्त्य गर्नेगरी अहिले आफूहरुले समेत अभियान चलाइरहेको धारणा नेता केसीको थियो ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले आगामी १४ औँ महाधिवेशनबाट पार्टीभित्रको सबै गुटबन्दी अन्त्य भएर जाने र सबैले मिलेर अन्त्य बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले काङ्ग्रेस बिपीको विचारबाट बनेको र अहिले बिपीको विचारलाई छाडेर सबैले आफ्नै व्याख्या र विश्लेषण गरेर गुटबन्दीमा लागेका कारण पार्टी कमजोर भएकाले गुटबन्दीको अन्त्यका लागि जिल्लाका अगुवा कार्यकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा उदयपुरका करीब ४०० अगुवा कार्यकर्ताको सहभागिता थियो ।