२२ भाद्र २०८३, सोमबार
,
Latest
पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या, हिंसा र बलात्कार बढ्दै गयो, कडा कानुन निर्माण हुनुपर्छः सांसद खतिवडा



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरुले महिला हिंसा अन्त्यका लागि सरकारद्वारा कडा कानुनको निर्माण होस भन्ने जोड दिईएको छ । राष्ट्रियसभाको बुधबारको बैठकको सुन्य समयमा बोल्दै सांसद धनकुमारी खतिवडाले हत्या, हिंसा र बालिका तथा किशोरीको बलात्कारका घटना बढ्दै गएको भन्दै दोषिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

रसुवाका ११ र ६ बर्षिया बालिकाको बलात्कार भएको, नवलपरासीमा एक युवती माथि दश जनाको समुहले सामुहिक बलात्कार गरेको, भन्दै उनले दैनिक बालिका र किशोरीमाथिका हिंसाका घटना बढ्दै जादा पनि सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको टिप्पणी समेत गरिन् ।

त्यसैगरी, मुक्ता कुमारी यादवले प्रदेश नम्बर २ को सरकारले बेटी बचाउन बेटी पढाउ नारा अघि सारिरहेकै बेला पढ्न हिडेकी बालिकामाथि हिंसाका घटना भएको भन्दै संविधान संसोधन गरी अपराधीलाई फाँसीको सँजायको व्यवस्था गर्न पनि माग गरिन् ।

सांसद नैनकला ओझाले पनि मोरङ्गको क्षेत्र नम्बर ३ को राधा नगरमा तेल उत्खनन गर्ने भनिए तापनि २५ बर्ष देखि काम सुरु हुन नसकेको भन्दै त्यसतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराइन् ।