१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनैतिक परिवर्तनमा स्व.कुलप्रसादको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड



अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनैतिक परिवर्तनका लागि स्व. कुलप्रसाद दाहालको अतुलनीय भूमिका रहेको बताएका छन् । आफ्ना ठूला बुबासमेत भएका दाहालको देवघाटमा आज अन्तिम श्रद्धाञ्जलीपछि पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले ठूला बुबाले न्यायपूर्ण समाजका निम्ति आफूहरुलाई उत्प्रेरित गर्ने गरेको चर्चा गरे ।

आफ्ना गुरु बासमेत भएका कुलप्रसादको सम्झना गर्दै उनले भने, “बुबाको योगदान निकै ठूलो छ । मानिसहरुले बाहिरबाट हेर्दा झट्ट नदेखिने तर बुबाले परिवारका सबै सदस्यलाई राजनीतिमा सङ्गठित बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो ।” अध्यक्ष दाहालले पञ्चायत विरोधी आन्दोलनका समयमा आफ्नो घरलाई पार्टीको मुख्यालय बनाएको भन्दै त्यही घरमा पार्टीका बैठक र राजनैतिक प्रशिक्षणहरु हुने गरेको पनि बताए ।

पहिला किसान मोर्चाको र पछि पार्टीको सदस्यका रुपमा रहेर सबै छोराछोरीलाई राजनीतिमा परिचालन गरेको भन्दै उनले ठूलो बुबाको मृत्युवरण सहज हुनुमा जीवनभरको मिहिनेत रहेको बताए । अध्यक्ष दाहालले पार्टी र आफ्नो तर्फबाट श्रद्धाञ्जली पनि अर्पण गरे ।

स्व. दाहालका छोरा नारायण दाहाल नेकपा प्रदेश नं ३ का अध्यक्ष छन् । दाहालको भरतपुर महानगरपालिका–७ मा मङ्गलबार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उनका चार छोरा र दुई छोरीहरु छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।