१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

मार्ग इजाजत सहजीकरण नगराए आर्थिक अवस्था नाजुक हुन्छः अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ

मार्ग इजाजत सहजीकरण नगराए आर्थिक अवस्था नाजुक हुन्छः अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ
अ अ+ अ-

ललितपुर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले चाडपर्व नजिकिएसँगै व्यवसायीलाई उपभोक्ताको हितमा काम गर्न अनुरोध गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको आजको तेह्रौ वार्षिक साधारणसभा उद्घाटनसत्रमा उनले सबै व्यवसायीलाई सकारात्मक ढङ्गबाट काम अघि बढाउन आग्रह गर्दै व्यवसायीको माग नेतृत्व तहसम्म पुर्याइने आश्वासन दिए ।

उनले कानून निर्माणमा कुनै त्रुटि भए प्रस्ताव लिएर मन्त्रालय आउन पनि व्यवसायीलाई आग्रह गरे । सो अवसरमा महासङ्घले ट्रक व्यवसायीलाई सडकमा सहज ढङ्गको मार्ग इजाजत उपलब्ध गराउनुपर्ने माग मन्त्रीसमक्ष राखेको थियो । महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले ढुवानी व्यवसायीलाई सहज रुपमा मार्ग इजाजतपत्र उपलब्ध नगराए उनीहरुको आर्थिक अवस्था नाजुक हुँदै जीवनमरणको अवस्था सिर्जना हुने गुनासो गरेका थिए ।

“सरकारले मूल्य अभिवृद्धि कर ढुवानी व्यवसायीका लागि होइन भने तापनि लगाउने घोषणा गरेकाले त्यसलाई हटाउन माग गरेका छौं”, श्रेष्ठले भने, “ट्रक व्यवसायीको आर्थिक अवस्था विचार गरी दुर्घटनामा परेका घाइतेहरुको औषधि उपचारका लागि प्रभावकारी बीमाको कार्यान्वयन हुनुपर्छ ।” ट्रक व्यवसायीका हकमा राहतकोष खडा गर्न अत्यन्त जरुरी रहेको उनले बताए ।

महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले तीन तहको सरकारमा यातायात सञ्चालनको भूमिका कसरी अघि बढाउने भन्ने निश्चित नभएकाले समाजमा अन्योल सिर्जना भएको गुनासो गरे । “यातायात सञ्चालनमा प्रदेश–प्रदेशबीच समन्वय भएर अघि नबढ्दा समस्या उत्पन्न भएको हो । सो कुरालाई विचार गरी यातायातमैत्री ऐन कानून तर्जुमा गर्न आवश्यक रहेको छ”, बानियाँले भने, “राजधानीको काठमाडाँैलगायत देशका कतिपय मुख्यमुख्य शहरहरुमा ट्रक पार्किङ स्थल नभएकाले यातायात ढुवानीमा समस्या भइरहेको छ ।”

सरकारले डेढ वर्षअघि यातायात व्यवसायी सङ्घसंस्थाको नवीकरण नगरी खारेजीको बाटामा लैजाने घोषणा अघि बढाएकामा सबै व्यवसायीको आपत्ति रहेको उनले बताए । नारायणी यातायात व्यवसायी महासङ्घका केन्द्रीय सदस्य बद्री चौलागाईँले सरकारले व्यवसायीमा उथलपुथलको अवस्था सिर्जना गरेको गुनासो गरे ।