२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु



अ+ अ-

काठमाडौं– अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहने चलचित्र ‘सेल्फी किंग’को छायाँकन मंगलबारदेखि भक्तपुरमा शुरु भएको छ । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन) ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा आधारित रहेर चलचित्र बन्ने भएको छ ।

दशैं अघि र दशैं पछि गरि २ सेड्युलमा छायाँकन हुने फिल्म सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतका रमणिय स्थानहरुमा छायाँकन हुने बताईएको छ । राजेश विसुराल र प्रवल कोइराला चलचित्रका सह निर्माता हुन् ।

विशाल सापकोटाको निर्देशन रहने फिल्ममा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भूमिकामा रहने बताईएको हो ।