१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु



अ+ अ-

काठमाडौं– अभिनेता विपिन कार्कीको मुख्य अभिनय रहने चलचित्र ‘सेल्फी किंग’को छायाँकन मंगलबारदेखि भक्तपुरमा शुरु भएको छ । ‘सेल्फी किंग’को नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन) ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा आधारित रहेर चलचित्र बन्ने भएको छ ।

दशैं अघि र दशैं पछि गरि २ सेड्युलमा छायाँकन हुने फिल्म सोलुखुम्बु, खुर्कोट, घुर्मी लगायतका रमणिय स्थानहरुमा छायाँकन हुने बताईएको छ । राजेश विसुराल र प्रवल कोइराला चलचित्रका सह निर्माता हुन् ।

विशाल सापकोटाको निर्देशन रहने फिल्ममा विपिनको अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी बिशेष भूमिकामा रहने बताईएको हो ।