१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउडका १० अभिनेत्रीहरु, जो हुन् करोडौंको मालिक



अ+ अ-

फिल्म क्षेत्रमा काम गर्ने सबै कलाकारहरु एकनासले यस क्षेत्रमा टिकिरहन त्यती सजिलो छैन् । केहि समयको लागि सफल भएपनि दर्शकहरुको रुचाँईबाट हराउने गर्छन् कलाकारहरु । फिल्म क्षेत्रमा नयाँ–नयाँ कलाकारको उपस्थिति भइरहन्छ । तर, निरन्तर काम, दाम नाम कमाउने कमै नायिकाहरु हुन्छन् ।

नामसंगै दाम कमाउनेहरु पनि कमै हुन्छन् । अनि कमै त्यस्ता नायिकाहरु जो कलाकारिताबाट नै करोडौंको सम्पत्तिका मालिक पनि बनेका छन् । बलिउड क्षेत्रमा रहेका केहि नायिकाहरु जो करोडौंका धनि पनि छन् । कलाकारिता क्षेत्रबाटै नाम र दाम प्रशस्त रुपमा कमाउन सफल रहेका केहि बलिउड क्षेत्रका नायिकाहरुको बारेमा चर्चा गरौं । जो बलिउडकै धनी १० अभिनेत्रीमा पर्छन् ।

दीपीका पादुकोण

दीपीका पादुकोण हाल ३४ वर्षकी छिन् तर उनी १० अभिनेत्रीमा सबैभन्दा बढी पैसा कमाउने नायिकामा पर्छिन् । २००७ मा ओम शान्ति ओमबाट उनले भारतीय सिनेमा जगतमा प्रवेश गरेकी थिईन् । उनी ४५ मिलियन डलरकी मालिक हुन् । उनको पछिल्लो फिल्म पद्मावतबाट उनले १३ करोड भारु लिएकी थिइन् । उनले हालसम्म झण्डै २७ फिल्ममा अभिनय गरिसकेकी छन् ।

प्रियंका चोपडा

३७ वर्षीया प्रियंका चोपडा ४० मिलियन डलरकी मालिक्नी हुन् । उनले हलिउडको पर्दामा समेत आफ्नो प्रतिभा देखाईसकेकी छिन् । उनी मिस वल्र्ड २००० की विजेता पनि हुन् ।

माधुरी दिक्षित

५२ वर्षीया माधुरी दिक्षीत सबैभन्दा बढी कमाउनेमा तेश्रो नम्बरमा पर्छिन् । ३५ मिलियनकी मालिक्नी उनी भारतीय महिलामा सबैभन्दा सुन्दर नायिकामा पर्छिन् । उनले आफ्नो फिल्मी कैरियर १९८४ मा ‘अबोध’ फिल्मबाट सुरुवात गरेकी थिइन् ।

ऐश्वर्या राय

तमिल फिल्म क्षेत्रबाट आएकी नायिका ऐश्वर्या रायको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ रहेको छ । १९९४ मा मिस वल्र्डको ताज पहिरिएकी यी नायिका ३५ मिलियन डलरको मालिक्नी हुन् । उनी बलिउडको बादशाह अमिताभ बच्चनका छोरा नायक अभिशेक बच्चनकी पत्नी हुन् ।

प्रिति जिन्टा

प्रिति जिन्टा ३० मिलियन डलरकी मालिक्नी हुन् । प्रितिजिन्टाको पहिलो फिल्म १९९८ मा बनेको ‘दिलसे’ रहेको छ । ४४ वर्षीया यी नायिकाले बिबिसी अनलाईनमा धेरै लेख लेखेकी छन् । उनी हाल बलिउडको पर्दाहरुबाट केहि बिलिन भएर गएकी छिन् ।

विद्या वालन

विद्या वालन २५ मिलियन डलरकी मालिक हुन् । ४० वर्षीया यी नायिकाले बंगाली फिल्मबाट फिल्म क्षेत्रमा कदम राखेकी हुन् । हिन्दी सिनेक्षेत्रमा उनको पहिलो फिल्म ‘परिणीता’ हो । उनको कलाकारिताको अक्सर धरै नै गुनगान गाउने गरिन्छ ।

अनुष्का शर्मा

पहिलो फिल्म ‘रब ने बनादी जोडी’ बाट दलिउडमा कदम राखेकी अनुष्का शर्माको सम्पत्ति २५ मिलियिन डलर रहेको छ । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी अनुष्काले २००८ देखि हिन्दी फिल्म क्षेत्रमा आफ्नो कदम राखेकी हुन् । उनी चर्चित क्रिकेट खेलाडी विराट कोहलीकी पत्नी हुन् ।

अमृता राव

३८ वर्षीया नायिका अमृता राव २०.५ मिलियन डलरकी मालिक हुन् । उनी १० धनी अभिनेत्रीमा ८ औं नम्बरमा पर्छिन् । मोडलिङबाट आफ्नो कैरियर सुरु गरेकी उनको पहिलो फिल्म ‘अबके वरस’ रहेको छ । उनको ‘वेलकम टु सज्जनपुर’ लगायतका फिल्म चर्चित रहेका थिए ।

काजोल देवगन

‘बेखुदी’ नामक हिन्दी फिल्मबाट आफ्नो कैरियर सुरु गरेकी काजोल भारतीय १० अभिनेत्रीमा धेरै कमाउनेमा नवौं नम्बरमा पर्छिन् । उनी १६ मिलियन डलरकी मालिक हुन् । उनी ४५ वर्षीया नायिका हुन् । उनले अभिनय गरेका बाजिगर, दिलवाले दुल्हनिया लेजाएंगे लगायतका फिल्म बलिउडमा राम्रो कमाई गर्ने साथै सदाबहार फिल्महरु हुन् ।

सोनाम कपुर

१५ मिलियन डलरकी मालिक सोनाम कपुर सबैभन्दा बढी कमाउने १० औं नम्बरमा पर्छिन् । ३४ वर्षीया यी नायिकाको पहिलो फिल्म ‘सावरिया’ रहेको थियो । उनले प्रेम रतन धन पायो, प्याडम्यान लगायतका फिल्ममा मुख्य भूमिकामा खेलेकी छन् । उनको सबैभन्दा राम्रो भूमिका ‘निरजा’ मा रहेको बताइन्छ ।