१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय चलचित्र पुरस्कारको सम्मान पाएपनि यस्को प्रेसरमा काम गर्दिनः नायिका स्वस्तिमा



अ+ अ-

नायिका स्वस्तिमा खड्काले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरेकी छिन् । चलचित्र ‘बुलबुल’मा गरेको उत्कृष्ट कामका कारण उनले यो सम्मान पाएकी हुन् । स्वस्तिमाको कलाकारिताको दर्शकहरुले खुलेर प्रशंसा गरेका थिए ।

तर, साउनमा रिलिज चलचित्र ‘हजार जुनी सम्म’मा उनको भूमिकालाई दर्शकहरुले त्यती रुचाउन भने सकेन् । धेरैले ‘राष्ट्रिय चलचित्र पुरस्कार’ जितेकी नायिकाबाट यस्तो खालको कामको अपेक्षा गर्न नसकिने टिप्पणी पनि गरेका थिए ।

तर, नायिका स्वस्तिमा खड्काले आफूले ‘राष्ट्रिय चलचित्र पुरस्कार’को प्रेसर लिएर कहिले पनि काम नगर्ने खुलस्त पारेकी छिन् । आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘चपली हाइट ३’को पत्रकार सम्मेलनमा उनले भनिन्–‘हो, म हजार जुनी सम्ममा चुकेकी हुँ । तर, राष्ट्रिय पुरस्कार पाएपछि मात्र राम्रो काम गर्नुपर्छ भन्ने छैन । कलाकार भएका कारणले पनि राम्रो काम गर्नुपर्ने कर्तव्य मेरो हो ।’

उनले आफूले काम गर्न लागेका नयाँ चलचित्रमा शत प्रतिशत काम दिने प्रतिबद्धता समेत व्यक्त गरेकी हुन् ।