५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो हुने



अ+ अ-

काठमाडौं । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिदेशीय ट्राभल शो नेपालमा आयोजना हुने भएको छ । नेपाल–इण्डिया–चाइना एक्सो (नाइस) आयोजनामा झण्डै १ हजार विदेशी पाहुनालाई नेपाल ल्याएर कार्यक्रम आयोजना गर्न लागिएको बुधबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो ।

नेपाल च्याप्टरले आयोजना गर्न लागेको यो कार्यक्रम पाटा नेपाल भ्रमण वर्षको सचिवालय र नेपाल पर्यटन बोर्डको समन्वयमा हुने भएको छ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई मुलुकबाट बढी भन्दा बढी पर्यटक भित्राउने उद्देश्य लिई सो एक्स्पो आयोजना भएको भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताएका छन् ।

एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटेल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीहरुको सहभागिता हुने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिए ।

एक्स्पो २१ देखि २४ फेब्रुअरीमा आयोजना हुने बताईएको छ । त्यसअगाडी नै नेपाल आएका पाहुनालाई विभिन्न गन्तब्यसम्म पुर्याई पर्यटन प्रवद्र्धन गर्ने योजना आयोजकको रहेको छ ।