१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

क्यान्सर नियन्त्रण कसरी गर्न सकिन्छ ? यसो भन्छन् विज्ञहरु

क्यान्सर नियन्त्रण कसरी गर्न सकिन्छ ? यसो भन्छन् विज्ञहरु
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले सुर्तीजन्य पदार्थको बिक्रि–वितरण र सेवनको रोकथामको लागि सरकार कडाईका साथ प्रस्तुत हुने स्पष्ट पारेका छन् । बुधबार क्यान्सर काउन्सिल नेपाल र लायन्स क्लब अफ काठमाडौं फेलोसिपको संयुक्त आयोजना र नेपाल टेलिकमको सहकार्यमा आयोजित ‘सुर्तीजन्य पदार्थको रोकथामको लागि अन्तरक्रिया’ मा बोल्दै सचिव बरालले यस्तो बताएका हुन् ।

उनले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन–ऐन २०६८ को प्रभावकारी कार्यान्वयनको लागि तीन तहकै सरकारबीच पनि सहकार्य हुन आवश्यक रहेको सुनाए । सचिव बरालले सुर्तीजन्य पदार्थको बिक्रि, वितरण र सेवनको लागि सरकारले धेरै राम्रा ऐन तथा कानूनहरु ल्याएपनि भएका ऐनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा केही समस्या अझैपनि देखिएको टिप्पणी गरे । उनले ऐन कार्यान्वयनको लागि अब सरकारका सबै संयन्त्रहरुबीच समन्वय हुनेपनि विश्वास दिलाए ।

त्यस्तै, उनले नसर्ने रोगहरु नियन्त्रणको लागि परिवारदेखिनै सचेतना आवश्यक रहेको औंल्याए । उनले भने,‘नसर्ने रोगको नियन्त्रणको लागि परिवार नै सचेत हुनुपर्छ । यस्तो भयो भने देशव्यापी रुपमा नसर्ने रोगको नियन्त्रण गर्न सकिन्छ ।’ कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोस भ्यानगेलेयरले नसर्ने रोगहरु विकसित देशहरुमा जटिल रुपमा देखा परेको सुनाए । नेपालमा पनि सुर्तीजन्य पदार्थलाई नियन्त्रण गर्न सकिए मुटु, क्यान्सर, दमलगायत विभिन्न रोगहरु नियन्त्रण हुने उनको विश्वास छ ।

उनले क्यान्सर काउन्सिल नेपालले विगत लामो समयदेखि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको देख्न र सुन्न पाउँदा निकै खुशी लागेको सुनाए । आगामी दिनमा पनि काउन्सिलले यस्ताखाले जनचेतनामूलक कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै अघि बढ्नुपर्ने उनको आग्रह थियो । कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. बिष्णुदत्त पौडेलले नसर्ने रोगहरुको नियन्त्रणको लागि नागरिकस्तरबाटै सचेतना आवश्यक रहेको सुनाए ।

उनले फ्रान्समा सन् २०१७ मा जनचेतनाका कारणले दश लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन त्योगेको सुनाउँदै नेपालमा पनि त्यही स्तरको जनचेतना कार्यक्रम अघि बढाउन सकिए नेपालमा पनि सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या घट्ने थियो भन्ने धारणा राखे । उनले क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्तित भएको सुनाए ।

नेपाल टेलिकमका निमित्त प्रवन्धक कमल लामिछानेले नेपाल टेलिकमले विगत लामो समयदेखि व्यवसायिक कामको साथसाथै सामाजिक काम गर्दै आएको सुनाए । क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको पनि उनले सुनाए । आगामी दिनमा पनि नेपाल टेलिकम यस्ता सामाजिक कार्यमा सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका (कानून) सचिव पुष्करराज नेपालले सुर्तीजन्य पदार्थविरुद्धको ऐन–२०८६ बारे प्रकाश पार्दै सरकारले अब ऐन कार्यान्वयनमा कडाई गर्ने विश्वास दिलाए । उनले ऐन कार्यान्वयनको लागि सरकार, नागरिक समाज र सरोकारवाला संघ संस्थाबीच समन्वय र सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,‘कानून आफैंमा पर्याप्त हुँदैन् । त्यसैले यसको कार्यान्वयनको लागि सबै सरोकारवालाबीच सहकार्य अनिवार्य छ ।’

लायन्स क्लब ईन्टरनेश्नलका निवर्तमान अध्यक्ष मधुकर कुमार उपाध्यायले क्यान्सर रोग नियन्त्रणको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै देशव्यापी रुपमा जनचेतनामूलक कार्यक्रम अघि बढाउने विश्वास दिलाए । कार्यक्रममा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सूर्तीजन्य पदार्थको रोकथामको लागि नागरिकस्तरबाट गर्नुपर्ने आवश्यक कामको लागि आफूहरुले अभियानको रुपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको सुनाए ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको विश्वास थियो । उनले भने,‘विकसित देशमा रोग नियन्त्रणको लागि प्राथमिकता दिईने गरिएको छ, विकासोन्मुख देशमा उपचारमा मात्रै खर्च गरिने गरिएको छ । यो दुःखद् पक्ष हो ।

नेपालमा पनि त्यही गलत परम्परा छ । त्यसैले अब रोग नियन्त्रणको लागि हामीले पनि सशक्त अभियान चलाउनुपर्छ । यो कुरामा क्यान्सर काउन्सिल सुरुवातदेखिनै लागिपरेको छ । आगामी दिनमा पनि अझै प्रभावकारी रुपमा अघि बढ्छौं ।’