२२ भाद्र २०८३, सोमबार
,
Latest
कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया दुई बालिका बेपत्ता



अ+ अ-

सल्यान । एक हप्तादेखि दुई बालिका बेपत्ता भएका छन् । वनगाड कुपिण्डे नगरपालिका–१० माँझकाँडाकी १३ वर्षीया खिमा वली र सोही ठाउँकी १३ वर्षीया प्रतिमा बटाला बेपत्ता भएका हुन् । माँझकाँडास्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ती बालिका गत भदौ १९ बेलुकीदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ ।

परिवारले सबै ठाउँमा खोजेर नभेटृाएपछि खोजीका लागि प्रहरीमा निवेदन दिएको खिमाका बुबा अम्मर वलीले जानकारी दिए । “भदौ १९ गते विद्यालयबाट घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि प्रहरीमा खोजीका लागि निवेदन दिएका छौ ।” वलीले भने ।

घरपरिवारले खोज तलास गरिदिनका लागि वनगाड प्रहरी चौकीमा उनीहरूको हुलियासहित निवेदन आएको त्यहाँका प्रहरी इञ्चार्ज दीपक शाही ठकुरीले जानकारी दिए ।