१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

नेकपा बैठकमा प्रधानमन्त्रीले भन्नुभयाे, ‘नियमित काम गर्न सक्ने भएको छु’

नेकपा बैठकमा प्रधानमन्त्रीले भन्नुभयाे, ‘नियमित काम गर्न सक्ने भएको छु’
अ अ+ अ-

काठमाडौं । सिंगापुरमा दुइ पटक उपचार गरिसक्नु भएका नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताउनुभएकाे छ ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको जानकारी दिनु भएकाे थियाे । ‘उहाँले नियमित काम गर्न सक्ने भएको छु भन्नु भएको छ’, सचिवालय बैठकमा सहभागी एक नेताले बताउनुभयाे ।

प्रधानमन्त्रीकाे सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्री ओलीकाे बुधबार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

ती नेताका अनुसार क्याथेटर निकालेका कारण प्रधानमन्त्रीलाई हल्का ज्वरो समेत आएका कारण बैठकमा एउटा मात्र एजेण्डा थियो, उपचुनावका लागि दल दर्ता ।

दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयाे ।