५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठकमा प्रधानमन्त्रीले भन्नुभयाे, ‘नियमित काम गर्न सक्ने भएको छु’



अ+ अ-

काठमाडौं । सिंगापुरमा दुइ पटक उपचार गरिसक्नु भएका नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताउनुभएकाे छ ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपचारपछि आफ्नो अवस्था राम्रो भएको जानकारी दिनु भएकाे थियाे । ‘उहाँले नियमित काम गर्न सक्ने भएको छु भन्नु भएको छ’, सचिवालय बैठकमा सहभागी एक नेताले बताउनुभयाे ।

प्रधानमन्त्रीकाे सिंगापुरस्थित नेसनल युनिभर्सिटीमा रगतमा रहेको एन्टीबडी घटाउन प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्री ओलीकाे बुधबार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेर सिंगापुरमा उपचारका क्रममा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो ।

ती नेताका अनुसार क्याथेटर निकालेका कारण प्रधानमन्त्रीलाई हल्का ज्वरो समेत आएका कारण बैठकमा एउटा मात्र एजेण्डा थियो, उपचुनावका लागि दल दर्ता ।

दल दर्ताको सबै प्रक्रिया पूरा गर्ने जिम्मा पार्टी महासचिव विष्णु पौडेललाई दिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिनुभयाे ।