१३ आश्विन २०८१, आईतवार
,
Latest
प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलका तीन नयाँ ‘आइफोन ११’ सिरिज सार्वजनिक



अ+ अ-

न्यूयाेर्कः एप्पल कम्पनीले आइफोन ११ प्राे नामकाे नयाँ सिरिज सार्वजनिक गरेकाे छ । यस फाेनका बारेमा केही समयदेखि निकै चर्चा भइरहेको छ ।

किनकि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडलजस्तै हुने बताइएको छ । 

आफ्नो क्यालिफोर्नियाको मुख्यालयमा एप्पलले सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गरेकाे छ – आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ जसले यसअघिका एक्सएस, एक्सएस म्याक्स र एक्स आर मोडललाई प्रतिस्थापन गर्नेछन् ।

अमेरिकी बजारमा आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ काे प्रारम्भिक मूल्य ६९९, ९९९ र १०९९ अमेरिकी डलर राखिएकाे छ ।

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको हुने तर क्यामरा र भिडियो फिचर भने केही फरक रहने बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडिपट्टी तीनवटा क्यामरा हुने कुरा यसअघि चर्चामा आइसकेको छ । 

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको हुनेछ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । 

त्यसैगरी नयाँ आइफोन प्रो व्यासायिक रुपमा शक्तिशाली अर्थात अधिक क्षमतावान् प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ । 

तर पनि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभ– जीलगायतका चुनौतीमय तरिका अपनाइरहँदा एप्पल भने आफ्नै गतिमा अघि बढ्ने निर्णय गरेको हो । 

जसलाई पनि जोखिमयुक्त नीति नै बताइएको छ । किनकि आइफोनको व्यापार अझै पनि एप्पल कम्पनीको सबैभन्दा ठूलो आम्दानीकर्ता हो । यस्तोमा पछिल्ला केही महिनामा आइफोनबाट प्राप्त आम्दानीमा दुई अङ्कको गिरावट आएको छ । 

चीनसँगको व्यापारिक युद्ध र अपग्रेडका लागि ग्राहकहरुले लामो समय कुर्नु परेका कारण नै व्यापारमा त्यति ठूलो क्षति भएको बताइएको छ । व्यापारिक युद्धपछि चीनमा आइफोनको मागमा ठूलो गिरावट आएको छ । यसबारेमा एबीआइका रिसर्च एनालिस्ट डेभिड मेक्वीन भन्छन्, “एप्पलले आफ्नो डिजाइनमा ठूलो परिवर्तन ल्याएमा मात्र उच्च लाभ हासिल गर्न सक्नेछ । तर कम्पनीका लागि यो हरेक वर्ष गर्न सम्भव छैन ।”

उनले एप्पलको आइफोन ५ एस मोडलबाट आइफोन ६ तर्फको ठूलो बदलावको संकेत गरेका हुन् । एप्पलका लागि त्यो वर्ष ऐतिहासिक साबित भएको थियो । 

यस्तोमा यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरासँगै थ्रीडी टच हटाउनेलगायत रहेको कम्पनीको भनाइ छ । 

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ । 

त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ । 

यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो । 

त्यसैले यी फिचरबिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् । मंगलबार आइफोन ११ का साथै एप्पल वाच पनि लन्च हुने यसअघि कम्पनीले जानकारी गराएको थियो ।  सीएनएनबाट