१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एप्पलका तीन नयाँ ‘आइफोन ११’ सिरिज सार्वजनिक

एप्पलका तीन नयाँ ‘आइफोन ११’ सिरिज सार्वजनिक
अ अ+ अ-

न्यूयाेर्कः एप्पल कम्पनीले आइफोन ११ प्राे नामकाे नयाँ सिरिज सार्वजनिक गरेकाे छ । यस फाेनका बारेमा केही समयदेखि निकै चर्चा भइरहेको छ ।

किनकि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडलजस्तै हुने बताइएको छ । 

आफ्नो क्यालिफोर्नियाको मुख्यालयमा एप्पलले सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गरेकाे छ – आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ जसले यसअघिका एक्सएस, एक्सएस म्याक्स र एक्स आर मोडललाई प्रतिस्थापन गर्नेछन् ।

अमेरिकी बजारमा आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ काे प्रारम्भिक मूल्य ६९९, ९९९ र १०९९ अमेरिकी डलर राखिएकाे छ ।

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको हुने तर क्यामरा र भिडियो फिचर भने केही फरक रहने बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडिपट्टी तीनवटा क्यामरा हुने कुरा यसअघि चर्चामा आइसकेको छ । 

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको हुनेछ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ । 

त्यसैगरी नयाँ आइफोन प्रो व्यासायिक रुपमा शक्तिशाली अर्थात अधिक क्षमतावान् प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ । 

तर पनि यसका प्रतिस्पर्धीहरुले फोल्डिङ फोन, फाइभ– जीलगायतका चुनौतीमय तरिका अपनाइरहँदा एप्पल भने आफ्नै गतिमा अघि बढ्ने निर्णय गरेको हो । 

जसलाई पनि जोखिमयुक्त नीति नै बताइएको छ । किनकि आइफोनको व्यापार अझै पनि एप्पल कम्पनीको सबैभन्दा ठूलो आम्दानीकर्ता हो । यस्तोमा पछिल्ला केही महिनामा आइफोनबाट प्राप्त आम्दानीमा दुई अङ्कको गिरावट आएको छ । 

चीनसँगको व्यापारिक युद्ध र अपग्रेडका लागि ग्राहकहरुले लामो समय कुर्नु परेका कारण नै व्यापारमा त्यति ठूलो क्षति भएको बताइएको छ । व्यापारिक युद्धपछि चीनमा आइफोनको मागमा ठूलो गिरावट आएको छ । यसबारेमा एबीआइका रिसर्च एनालिस्ट डेभिड मेक्वीन भन्छन्, “एप्पलले आफ्नो डिजाइनमा ठूलो परिवर्तन ल्याएमा मात्र उच्च लाभ हासिल गर्न सक्नेछ । तर कम्पनीका लागि यो हरेक वर्ष गर्न सम्भव छैन ।”

उनले एप्पलको आइफोन ५ एस मोडलबाट आइफोन ६ तर्फको ठूलो बदलावको संकेत गरेका हुन् । एप्पलका लागि त्यो वर्ष ऐतिहासिक साबित भएको थियो । 

यस्तोमा यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरासँगै थ्रीडी टच हटाउनेलगायत रहेको कम्पनीको भनाइ छ । 

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ । 

त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ । 

यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो । 

त्यसैले यी फिचरबिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् । मंगलबार आइफोन ११ का साथै एप्पल वाच पनि लन्च हुने यसअघि कम्पनीले जानकारी गराएको थियो ।  सीएनएनबाट