१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

२५ लाखभन्दा बढीको कारोबार गर्दा तीनपुस्ते विवरण, निर्देशिका असाेज १ गतेदेखि लागू गर्ने तयारी

२५ लाखभन्दा बढीको कारोबार गर्दा तीनपुस्ते विवरण, निर्देशिका असाेज १ गतेदेखि लागू गर्ने तयारी
अ अ+ अ-

काठमाडौं: ठूलो कारोबार गर्ने व्यक्ति तथा संस्थाले अब तीन पुस्ते विवरण अनिवार्य भर्नुपर्ने भएको छ । सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धि प्रावधानलाई कडाई गर्ने भन्दै कार्यान्वयनमा ल्याउन लागेको निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।

‘सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा कम्पनीहरुलाई जारी गरिने निर्देशिका २०७६’ ले वार्षिक १ करोडभन्दा बढीको र एक पटकमा २५ लाखसम्मको कारोबार गर्ने व्यक्ति तथा संस्थालाई ठूला कारोवारीको परिभाषामा राखेको छ । कारोबार गर्ने व्यक्ति वा संस्था वास्तविक धनी वा हिताधिकारी भए–नभएको पहिचानका लागि यो प्रावधान ल्याउनुपरेको कम्पनी रजिष्ट्रार कार्यालयको भनाई छ ।

अब कारोबारमा व्यक्तिको नाम, ठेगाना, जन्ममितिदेखि तीनपुस्ते विवरण अनिवार्य लिनु पर्ने भएको छ । पेशागत विवरण, परिवारको सदस्य उच्च पदीय हैसियतमा रहे–नरहेको समेत उल्लेख गर्नुपर्ने छ । अस्थायी ठेगाना, रहनसहन विवरण, आयस्रोतको विवरणसमेत भर्नु पर्ने निर्देशिकामा उल्लेख छ । यो प्रावधान १ असोजबाट लागू गर्ने तयारी छ ।

विवरण नमागे कम्पनीमाथि कारवाही

व्यक्ति वा संस्थासँग उल्लेखित विवरणहरु माग नगरी कारोबार गरे त्यसमा सजायको भागिदार सम्बन्धित कम्पनी हुने भएको छ । कसुस हेरेर १ करोड रुपैयाँसम्मको जरिवाना कम्पनीलाई तोकिएको छ ।

उदाहरणका लागि २५ लाखभन्दा माथिको सुन एकैपटक कुनै व्यक्तिले पसलबाट खरीद गर्‍यो भने अब पसलले उक्त ग्राहकको तीन पुस्ते व्यक्तिगत विवरण र ल्याप्चे र आधिकारिक हस्ताक्षरसमेत राख्नु पर्ने हुन्छ । कम्पनीहरुले कारोबार गर्ने व्यक्ति र संस्थाको नाम, ठेगाना, पेशा, परिवार र रहनसहनको जानकारी नदिई कारोबार गरेमा पनि स्वयं कम्पनीमाथि कारवाही हुने छ ।

निगरानीमा उच्च पदस्थ

सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनहरुले उच्च पदस्थ व्यक्तिहरुलाई जोखिमपूर्ण सूचीमा राखेका हुन्छन् । त्यसकारण उनीहरुको कारोबार बढी निगरानी गर्ने गरिन्छ । अब कम्पनीहरुले उच्च पदस्थ व्यक्तिको पहिचान गरी उनीहरुको व्यक्तिगत विवरण नियमित रुपले अद्यावधिक गर्नुपर्छ ।

उच्च पदस्थ व्यक्तिको पद हेरफेर हुँदा पनि कम्पनीहरुले आफ्नो विवरणमा त्यसलाई सच्याइहाल्नुपर्छ । पदमा रहेको व्यक्तिका परिवार र सम्वद्ध व्यक्तिको निगरानीलाई समेत कम्पनीहरुले चनाखो भई हेर्नुपर्ने प्रावधान निर्देशिकाले समेटेको छ । यस्ता व्यक्तिको पहिचान गर्न सार्वजनिक सूचना विश्लेषण, सामाजिक संजालमा आएका सूचना, व्यवसायिक रुपमा उपलब्ध तथ्यांकबाट लिन सकिने बताइएको छ । पदबाट हटेको ५ वर्षसम्म निजका व्यक्तिगत विवरणहरु कम्पनीले सुरक्षित राख्नु पर्नेछ । कम्पनीभित्र बैंक तथा वित्तिय संस्थासमेत पर्दछन् ।

कारोवार गर्ने व्यक्ति तथा संस्थाको पहिचान गर्ने काम कम्पनीहरुले आगामी असार २०७७ भित्र सक्नुपर्ने भएको छ । कम्पनीहरुले उच्च जोखिम भएका व्यक्तिको विवरण वर्षको कम्तिमा १ वर्ष अध्यावधिक गर्नुपर्ने छ । मध्यम जोखिमको २ वर्षमा १ पटक र न्यून जोखिम भएका व्यक्तिको विवरण ३ वर्षमा १ पटक अध्यावधिक गराउनु पर्ने प्रावधान समेटिएको छ ।

चित्त बुझ्दा आधारबिना एकै पटक २५ लाख वा पटक–पटक गरी वार्षिक १ करोडभन्दा बढीको कारोबार गरे त्यो असामान्य कारोबार मानिने भनिएको छ । उनीहरुमाथि विशेष निगरानी हुने छ । एकैपटक वा पटकपटक गरी २५ लाख वा वार्षिक १ करोडसम्मको शेयर खरीद गरेमा पनि त्यसलाई असामान्य कारोबार ठानी अध्ययन गर्नुपर्ने छ ।

१० लाखसम्मको शेयर खरीदमा स्रोत अनिवार्य

अब कुनै पनि कम्पनी वा व्यक्तिले १० लाख वा सो भन्दा बढीको शेयर खरीद गरेमा स्रोत खुलाउनुपर्ने भएको छ । कुनै पनि व्यक्ति तथा संस्थाको असामान्य कारोबार देखिए व्यक्तिगत विवरण र कारोबारको विवरणसहित गोप्य रुपमा सम्पत्ति सुद्धिकरण विभागमा पठाउनु पर्ने दायित्व पनि अब सम्बन्धित कम्पनीहरुको हुने छ ।

व्यक्तिगत विवरण नलिई कारोबार गरे कम्पनीहरुमाथि नै कडा कारवाही हुने भएको छ । नीति तथा कार्यविधि नबनाए अधिकतम १ करोडसम्म जरिवाना र कम्पनी खारेजीसम्मको प्रावधान राखिएको छ । ग्राहक पहिचान सम्बन्धी प्रावधान कार्यान्वयन नगरे पनि अधिकतम १ करोड जरिवाना र कम्पनी खारेज हुन सक्छ । बेनामी कारोबार गरेमा, उच्च पदस्थ व्यक्तिको पहिचान नगरेमा पनि सोही प्रावधानद्वारा कडाइ गर्न खोजिएको छ ।