१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम



अ+ अ-

काठमाडौ । जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुलले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । काठमाडौँको कमलादीस्थित एकेडेमी हलमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

विविध कार्यक्रमहरु सञ्चालन गरी कक्षा १२ का विद्यार्थीहरूले स्कुलमा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरुलाई संगीत, नृत्य, नाटक तथा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरूमार्फत स्वागत गरिएको थियो । विभिन्न नृत्यहरु प्रस्तुतिसँगै हास्यब्यङ्गय तथा आपसी अन्तरक्रियाले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

समारोहमा नामी स्कुलले २०८३ सालको राष्ट्रिय परिक्षा बोर्डको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल कक्षा १२ का विद्यार्थीहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा नामी इन्टरनेशनल स्कुलले विद्यार्थीहरूको मेहनत र सफलताको प्रशंसा गर्दै उनीहरूको उपलब्धिमा विद्यालय नेतृत्व, शिक्षक–शिक्षिका, संयोजक, कर्मचारी तथा अभिभावकहरूको योगदानलाई पनि स्मरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल अनिशा पाण्डेले नयाँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै नामीमा बिताउने दुई वर्षलाई अधिकतम उपयोग गर्न, आफ्नो रुचि पहिचान गर्न, नयाँ अवसरमा सहभागी हुन, आफ्नो क्षमता खोज्न र सिकाइको यात्रालाई रमाइलो बनाउन प्रेरित गर्नुभयो । उहाँले विद्यार्थीहरूलाई आफ्नै लक्ष्य निर्धारण गर्दै आफ्नो यात्रा आफैं निर्माण गर्न आग्रह गर्दै भन्नुभयो, “आफ्नो यात्रा आफैं निर्माण गर्नुहोस् र यी दुई वर्षलाई आफ्नै तरिकाले अर्थपूर्ण बनाउनुहोस् ।”

नामी स्कुलमा कक्षा ११ मा हालसम्म ३ हजार भन्दा बढी विद्यार्थी भर्ना भइसकेका छन् । जसमध्ये धेरैले नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालय र कलेजहरूमा उच्च शिक्षा हासिल गर्दै आएका छन् ।

नामी इन्टरनेशनल स्कुलले नेपालमा गुणस्तरीय, व्यावहारिक र विद्यार्थी–केन्द्रित शिक्षाको विकासमा निरन्तर योगदान गर्दै आएको छ । शैक्षिक उत्कृष्टतासँगै प्रविधि, अनुसन्धान, सिर्जनशीलता, उद्यमशीलता, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिलाई जोड दिँदै नामीले विद्यार्थीहरूलाई बदलिँदो विश्वका लागि आवश्यक ज्ञान, सीप र आत्मविश्वास विकास गर्ने अवसर प्रदान गर्दै आएको छ ।

नेपाल तथा विदेशमा उच्च शिक्षाका लागि विद्यार्थीहरूलाई तयार पार्दै नामीले आधुनिक शिक्षण अभ्यास र विश्वव्यापी अवसरलाई नेपाली शिक्षा प्रणालीसँग जोड्ने प्रयास स्कुलले गरिरहेको छ ।

समारोहमा नामीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापक, विभागीय प्रमुखहरू, संयोजकहरू, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।