१ भाद्र २०८३, सोमबार
,
Latest
विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई



अ+ अ-

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सरकारले पुराना दलहरूलाई दोष दिएर आफ्नो जिम्मेवारी र कार्यक्षमताको अभावबाट पन्छिन नमिल्ने बताउनुभएको छ ।

संघीय संसद भवन बाहिर सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले मुलुकमा व्याप्त ग्यास अभाव लगायतका जनजीविकाका सवालमा सरकारले बहानाबाजी नगरी ठोस नतिजा दिनुपर्ने बताउनुभएको हो ।

संसदमा प्रधानमन्त्रीको उपस्थितिका लागि सभामुखले गरेको रुलिङका सम्बन्धमा टिप्पणी गर्दै राईले यसलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएको दिन आफूले सीमा समस्या र जनजीविकाका विषयमा महत्वपूर्ण प्रश्नहरू सोध्ने तयारी गरेको समेत जानकारी दिनुभयो । उहाँले जनताले भोगिरहेको समस्यालाई आफूले व्यक्तिगत रूपमा समेत महशुस गरेको उल्लेख गर्दै सरकारले गुनासो गर्ने नभई काम गरेर देखाउनुपर्ने बताउनु भयो ।
देशमा देखिएको ग्यास अभाव र व्याप्त समस्याका बारेमा बोल्दै राईले भन्नुभयो, ‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन् । त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ। फेरि पनि पुराना दललाई नै दोष दिने हो भने सरकारको औचित्य रहँदैन । सभामुखले रुलिङ गर्नु आफैँमा एउटा उपलब्धि हो । केही नहुनुभन्दा केही हुनु राम्रो भन्ने मान्यताका साथ यसलाई हेर्नुपर्छ ।’

प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपका सन्दर्भमा बोल्दै उहाँले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने र निवेदकले ठोस प्रमाणसहित कुरा उठाउनुपर्ने बताउनु भयो ।