१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन



अ+ अ-

काठमाडाैँ । आजकाे प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले सदनमा उठाउनुभएको विषयका सन्दर्भमा तीन दिनभित्र जवाफ दिन सभामुख डोलप्रसाद अर्यालले सरकारलाई निर्देशन दिनुभएको छ ।

आजको बैठक सञ्चालन भइरहेकाबेला समय माग गर्दै सांसद शर्माले यसअघिको बैठकमा ‘रुकुम, जाजरकोट, सल्यानलगायत भूकम्प प्रभावित क्षेत्रमा सरकारले कस्ता कार्य गरेको छ ?’ भन्ने प्रश्न गर्दै जवाफ माग्नुभएको थियो ।

सांसद तामाङले ३७ दिनअघि सदनको शून्य समयमा धादिङका सन्तोष राईको शव कम्बोडियाबाट झिकाउनु भनी सरकारसमक्ष आग्रह गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइ नभएको भन्दै सांसद शर्मा र तामाङले सरकारको जवाफ माग गर्दै आज सदनमा उभिएर विरोध जनाउनुभयो ।