१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा



अ+ अ-

सिजा । पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो ।

अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उहाँको भनाइ छ । “एक त बाटो अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, त्यसैमाथि गाडीको क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको छ । उथ्र्रुस्थित प्रहरी चौकी नजिक आएपछि यात्रु झार्ने गरिन्छ । कोटाभिड नजिक पुगेपछि पुनः ती यात्रुहरु राखेर बजार ल्याउने गरिएको छ ।”

यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । लासीबाट बजारसम्म र बजारदेखि लासीसम्म जाने साना सवारी साधनले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनको निगरानी नगर्दा सवारी सञ्चालकहरुले मनपरी भाडा असुल्ने गरेका हुन् । यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी भाडा लिने गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी रुटमा मनपरी भाडा असुले पनि ट्राफिक प्रहरीले कुनै कारवाही नगर्दा यात्रुहरुले दुःख पाउन बाध्य भएका हुन्् ।

लासीदेखि बजार, बजारदेखि लासी र उथ्र्रुसम्म चल्ने सवारी साधनहरुमा बढी पैसा असुल्नेदेखि सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताउनुभयो । प्रहरीको सक्रियाता नहुँदा सवारीधनीहरु खुलेआम यात्रुसँग ठग्ने गरेका गुनासो आइरहेको छ । ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ सवारी धनीले निर्वाध मान्छे कोच्ने र बढी रकम असुल्ने गरेका छन् । ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारी धनीले भाडा असुल्ने गरेको शिवा बुढाले बताउनुभयो । टिकट काउन्टरको