१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा

मनपरी भाडा लिँदा यात्रुहरु मर्कामा
अ अ+ अ-

सिजा । पातारासी गाउँपालिकाको लासीदेखि विमानस्थलसम्म सञ्चालन हुने साना सवारी साधनहरुले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुहरुले गरेका छन् ।

लासीदेखि बजारसम्म पहिले रु १०० मा यात्रु ओसार्ने सवारीले हिजोआज रु २०० भाडा लिने गरेको स्थानीयवासी उषा बुढाले बताउनुभयो ।

अप्ठ्यारो बाटोमा जोखिम मोलेर यात्रुहरु आवतजावत गर्न बाध्य भएको उहाँको भनाइ छ । “एक त बाटो अप्ठ्यारो छ”, उहाँले भन्नुभयो, त्यसैमाथि गाडीको क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन हुने गरेको छ । उथ्र्रुस्थित प्रहरी चौकी नजिक आएपछि यात्रु झार्ने गरिन्छ । कोटाभिड नजिक पुगेपछि पुनः ती यात्रुहरु राखेर बजार ल्याउने गरिएको छ ।”

यात्रुको ढाड सेकिने गरी भाडा असुल गरिएको प्रति उहाँले आक्रोश व्यक्त गर्नुभयो । लासीबाट बजारसम्म र बजारदेखि लासीसम्म जाने साना सवारी साधनले पछाडिको ढाला र छतभरि मान्छे बोकेर सञ्चालन गरिरहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ती सडकमा चल्ने सवारी साधनको निगरानी नगर्दा सवारी सञ्चालकहरुले मनपरी भाडा असुल्ने गरेका हुन् । यात्रुहरुका अनुसार पाँच जना चढ्न मिल्ने सिट क्षमताका गाडीमा झण्डै २५ जनासम्म कोचेर मनपरी भाडा लिने गरेका छन् । सवारी चालक र सवारीधनीले पातारासी रुटमा मनपरी भाडा असुले पनि ट्राफिक प्रहरीले कुनै कारवाही नगर्दा यात्रुहरुले दुःख पाउन बाध्य भएका हुन्् ।

लासीदेखि बजार, बजारदेखि लासी र उथ्र्रुसम्म चल्ने सवारी साधनहरुमा बढी पैसा असुल्नेदेखि सिट सङ्ख्याभन्दा सातौँ गुणा बढी यात्रु ओसार्ने गरेको स्थानीयवासी शिवा बुढाले बताउनुभयो । प्रहरीको सक्रियाता नहुँदा सवारीधनीहरु खुलेआम यात्रुसँग ठग्ने गरेका गुनासो आइरहेको छ । ट्राफिक प्रहरीले बजारमा बसेर जरिवाना काट्ने गरे पनि दिनहुँ सवारी धनीले निर्वाध मान्छे कोच्ने र बढी रकम असुल्ने गरेका छन् । ट्राफिक प्रहरीको उपस्थिति नभएका कारणले आफूखुशी चालक र सवारी धनीले भाडा असुल्ने गरेको शिवा बुढाले बताउनुभयो । टिकट काउन्टरको