५ पुष २०८२, शनिबार
,
Latest
देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या



अ+ अ-

काठमाडौं । रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताउनुभयो ।

उहाँका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको छ । गुठी संस्थानले जात्राका लागि आवश्यक केही सामग्री मात्रै सहयोग गर्छ भने अन्य खर्च समिति आफैँले व्यवस्थापन गर्दै आएको छ । इन्द्रजात्रामा वसन्तपुर क्षेत्रका २९ गुठीले सहकार्य गर्दै आएका छन् ।

इन्द्रजात्रा भदौ २४ गतेदेखि शुरु भएको छ । वसन्तपुर क्षेत्रको तल्लो टोल र माथिल्लो टोलमा आठ दिनसम्म इन्द्रजात्रा मनाइन्छ । तल्लो टोलअन्तर्गत वसन्तपुरदेखि देब्रेपट्टि तथा माथिल्लो टोलभित्र दाहिनेतर्फका सबैजसो टोल पर्छन् । वसन्तपुर र आसपास क्षेत्रका कुमारी, गणेश, भैरव, लाखे आज, हल चोक, आकाश भैरव, पुलुकिसी आज, लाखेनाच, श्वेत भैरव, स्वच्छन्द भैरव, अशोक विनायक, दागी, किसिचा, कुमारी देवी, महाकालीलगायत गुठी एक भएर इन्द्रजात्रा पर्व व्यवस्थापनमा जुटेका छन् ।