५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरियाली काठमाडौं, नेपाली सेनाको जिम्मा



अ+ अ-

काठमाडौँ । हरियाली राजधानी बनाउने अभियानअन्तर्गत त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म सयौ विरुवा रापिने भएको छ । महानगरले ५ फिटभन्दा माथिका विरुवामात्रै रोप्ने नीति अनुसार बिहीबारमात्रै १ सय ६५ वटा विरुवा रोपिएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार वृक्षारोपण अभियानको शुभारम्भ गर्दै सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण, हुर्काउने र व्यवस्थापन गर्ने सबै महानगरले नेपाली सेनालाई जिम्मा दिएको छ ।

उनले कार्यक्रमपछि काठमाडौँ वतावरण व्यवस्थापन विभागलाई सहर सफा राख्ने कुराका कुनै पनि कमी हुन नदिन निर्देशन दिए । ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ मेयर शाक्यले भने, ‘सहर कसरी सफा राख्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुहोला । पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला ।’

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।