१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री यादव परासीमा. रामग्राम स्तुपको अवलोकन



अ+ अ-

परासी । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।

रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतमबुद्धको सिङ्गो अस्तुधातु रहेको एकमात्र स्थल रामग्राम स्तुपको उहाँले स्थलगत अवलोकन भ्रमण गर्नुभएको हो ।

सो अवसरमा लुम्बिनी विकास कोषका दीपेन्द्र चौधरीले स्तुपको ऐतिहासिक महत्व तथा यहाँको विकासको अवस्था र प्रयासका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रदेश नं ५ का प्रदेशसभा सदस्य बैजनाथ जयसवालले भगवान् गौतमबुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण स्थल भएर पनि रामग्राम र पण्डितपुर ओझेलमा परेको भन्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्री यादवसंग आग्रह गर्नुभयो । रामग्राम स्तुपमा आवश्यक पूर्वाधार निर्माण र पण्डितपुरको उत्खनन, विकास र संरक्षणका लागि सरकारबाट आवश्यक पहल हुनुपर्ने उहाँको जोड थियो ।

यसैगरी रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको संरक्षण र विकासका लागि रामग्राम विकास कोष गठनको माग गर्दै मन्त्री यादवलाई ध्यानाकर्षणपत्र बुझाउनुभयो । सो अवसरमा स्थानीयवासीले पनि स्तुप क्षेत्रमा पर्यटकलाई लक्षित गरी स्वास्थ्यचौकी र शुद्ध पिउने पानीको व्यवस्था गरिदिन माग गरेको स्थानीयवासी उदयराज कोइरीले जानकारी दिनुभयो ।

बुद्धको अस्तुधातु राखिएका विश्वका आठ स्तुपमध्ये उत्खनन नभई अस्थी सुरक्षित रहेको एक मात्र स्तूप रामग्राम हो । करीब ८० फिट चौडाइ, ९० फिट लम्बाइ र ३० फिट उचाइ भएको स्तूप इँटाले बनेको छ । बौद्धग्रन्थको आठ स्तुति बन्दनापाली भाषाका अनुसार गौतमबुद्धको महापरिनिर्वाण भएपछि उहाँको शवलाई दाहसंस्कार गराउँदा भष्म नभई मोतीको आकारमा चम्किला दाना बनेका र ती दानालाई अस्थिधातुको सङ्ज्ञा दिएको भन्ने भनाइ पाइन्छ ।

मोतीको दानामय अस्थिधातु ग्रहण गर्न तत्कालीन मगध, कौशल्य, शायगण, कोलीय, गबराज र मल्ल राज्यसमेत आठ राज्यका राजाले बाँडेर लिएका र विभिन्न स्थानमा अस्थिधातु राखी आठवटा स्तुप निर्माण गरिएको र त्यसमध्येको एक रामग्राम स्तुप पनि भएको विभिन्न दस्तावेजमा उल्लेख गरिएको छ ।