बुटवल । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेमा यात्रुबसमा आगजनी भएको छ । बर्दघाट नगरपालिका वडानम्बर ४ खुुर्सानी खोलामा आगजनी भएको हो ।
प्रहरीका अनुसार ना ६ ख ८४५३ नम्बरको बसलाई साइड लगाएर आगजनी गरेको भेटिएको हो । घट्नावारे अनुसन्धान सुरु भएको र घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको पनि जनाए ।