२२ भाद्र २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनि’ शो लिएर आउदै जिग्री–पाँडे



अ+ अ-

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियलको टिममा केहि विवादका कारण छुटेपछि अहिले नयाँ टिम सहित कार्यक्रम प्रशारण भईरहेको छ । मिडिया हबले पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर यो शोलाई प्रशारण गरिरहेको छ । तर, पुरानो ‘भद्रगोल’ टिमले भने नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने पक्का पक्की भएको छ ।

‘सक्किगोनि’ नाममा प्रशारण हुने नयाँ शो बिहिबार बेलुकी ८ः५० को समयमा प्रशारण हुन लागिएको छ । नयाँ शैली र नयाँ प्रस्तुतिमा शो प्रशारण गर्न लागिएको निर्माण टिमले बताएको छ । सक्किगोनि’ सिरियल आएपछि दर्शकको पुरानो ‘भद्रगोल’ टिमलाई हेर्ने चाहना पुरा हुने विश्वास गरिएको छ ।

सार्वजनिक नयाँ टिम सहितको ‘भद्रगोल’लाई दर्शकले पुर्ण रुपमा समर्थन जनाएका छैनन् । सामाजिक संजालमा यस्को व्यङ्ग्य दर्शकहरुले गरेका छन् । नयाँ टिमसहित आएको भद«गोल युटुबको ट्रेन्डिङ नम्बर ८ मा भएपनि यसलाई १९ हजारले लाईक गरेका छन् भने ४८ हजारले डिस्लाईक गरिसकेका छन् ।

‘सक्किगोनि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल दिपक आचार्य लगायतका कलाकारलाई देख्न सकिन्छ । मिडिया हवसँग कुरा नमिलेपछि आफूहरुले नयाँ शो सुरु गर्न वाध्य भएको टिमले बताएका हुन् ।