५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सक्किगोनि’ शो लिएर आउदै जिग्री–पाँडे



अ+ अ-

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको ‘भद्रगोल’ सिरियलको टिममा केहि विवादका कारण छुटेपछि अहिले नयाँ टिम सहित कार्यक्रम प्रशारण भईरहेको छ । मिडिया हबले पुरानो टिम बाहिरिएपछि नयाँ टिम राखेर यो शोलाई प्रशारण गरिरहेको छ । तर, पुरानो ‘भद्रगोल’ टिमले भने नयाँ नाममा नेपाल टेलिभिजनमै नयाँ शो ल्याउने पक्का पक्की भएको छ ।

‘सक्किगोनि’ नाममा प्रशारण हुने नयाँ शो बिहिबार बेलुकी ८ः५० को समयमा प्रशारण हुन लागिएको छ । नयाँ शैली र नयाँ प्रस्तुतिमा शो प्रशारण गर्न लागिएको निर्माण टिमले बताएको छ । सक्किगोनि’ सिरियल आएपछि दर्शकको पुरानो ‘भद्रगोल’ टिमलाई हेर्ने चाहना पुरा हुने विश्वास गरिएको छ ।

सार्वजनिक नयाँ टिम सहितको ‘भद्रगोल’लाई दर्शकले पुर्ण रुपमा समर्थन जनाएका छैनन् । सामाजिक संजालमा यस्को व्यङ्ग्य दर्शकहरुले गरेका छन् । नयाँ टिमसहित आएको भद«गोल युटुबको ट्रेन्डिङ नम्बर ८ मा भएपनि यसलाई १९ हजारले लाईक गरेका छन् भने ४८ हजारले डिस्लाईक गरिसकेका छन् ।

‘सक्किगोनि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल दिपक आचार्य लगायतका कलाकारलाई देख्न सकिन्छ । मिडिया हवसँग कुरा नमिलेपछि आफूहरुले नयाँ शो सुरु गर्न वाध्य भएको टिमले बताएका हुन् ।