१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ

बालश्रममुक्त क्षेत्र घोषणा गर्दै तुलसीपुर उपमहानर

बालश्रममुक्त क्षेत्र घोषणा गर्दै तुलसीपुर उपमहानर
अ अ+ अ-


नारायणी रजौरे
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की रेखा चौधरी १२ बर्षकी भइ । अहिले उनलाई आफ्नो मात्र चिन्ता छैन, आफ्नी १० वर्षिया बहिनी रेणुकाको पालन पोषण र पढाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले पीरोलिरहेको छ ।


खर्च चलाउनकै लागि उनले बिहान बेलुका अरुको घरमा भाँडा माझ्ने र दिउँसोको समयमा स्कुल जाने गरेकी छन् । बाबुको घर दङगीशरण गाउँपालिकाको मीरौली गाउँमा छ भन्ने सुनेकी छु तर कहाँ छन् के गर्छन भन्ने थाहा छैन रेखाले भन्छिन् । आमाले आफुहरु सानै हुँदा अर्काे विहे गरेर गएको उनी बताउँछिन् ।


बुबाले आमालाई सधैँ गाली गर्ने, कुपटपिट गर्ने, गरिवकी छोरी भन्दै हेला गर्र्ने गरेपछि बाबुको यातना सहन नसकेर ८ वर्ष अघि नै आमाले दोस्रो बिहे गरेर गएको रेखाले बताइन् ।
आमाले दोस्रो बिबाह गर्नु भयो, आफुहरुलाई केही समयसम्म सोही घरमा संगै राख्नुभयो तर कान्छो बुवाका आमा बाले अर्काका सन्तानलाई किन पाल्ने भन्दै आमा सीता चौधरीलाई गाली गलौज गर्न थालेपछि आफुहरु त्यहाँबाट निक्लेर आएको गहभरि आँशु पार्दै उनले भनिन् ।


सडक र गल्लीमा कैयौँ दिन रात बिताएको उनको तीतो अनुभव छ । काम खोज्दै जाँदा तुलसीपुर उपमहानरपालिका वडा नं ६ को एक घरमा पुगेको र सोही घरकी ‘आन्टी’ ले खान बस्न दिएको उनले बताइन् । रेखाले रुँदै भनिन्– आमाले थाहा पाएपछि घरपरिवारलाई थाहा नदिइ भेट्न आउनुहुन्थ्यो, कहिले कपडा तथा खानेकुरा ल्याईदिनुहुन्थ्यो ।


पछि त्यही घरको अन्टीले तिमीहरु पढ्न जानुपर्छ भनी मामा घरको हजुर आमलाई खोज्न लगाउनु भयोद । बोलाएर सम्झाएर हामीलाई जिम्मा लगाउनु भयो रेखाले भनिन् । हजुरआमा देशनी चौधरी र रेखाले मजदुरी गरेर केही पैसा ल्याउँछन् र त्यसैबाट दाल, चामल नुन तेल किनेर दिनको जोहो गर्छन् ।


सत्तरी वर्षीया हजुरआमाले दिनभर अरुको घरमा मजदुरी गर्नु हुन्छ र मैले पनि बिहान बेलुका अरुको घरमा भाँडा माझ्ने काम गर्ने र दिउँसो स्कुल जाने गरेकी छु– रेखाले भनिन् ।
तुलसीपुरको एक सामुदायिक विद्यालयमा रेखाले कक्षा ४ मा र उनकी बहिनी रेणुकाले कक्षा ३ मा अध्ययन गरिहेका छन् ।


उनकी हजुर आमा देशनी चौधरीले तुलसीपुर उपमहानर पालिका वडा नं १२ को भुते डाँडामा रहेको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बसेकी छन् । यसैहप्ता घरमा बसिरहेकी देशनीले आफनो दुखेसो पोख्दै भनिन्– मैले छोरीलाई सानैमा बिहे गरिदिएँ, धन सम्पत्ति थिएन र पढन पनि पाईन, उसका श्रीमान र घरपरिवारले गरिबकी छोरी भन्दै दिनहुँ दुव्र्यवहार र कुटपिट गर्ने गरेपछि सहन नसकेर गई । अहिले मलाई दुईवटी नातिनीको पालन पोषण कसरी गरौँ भन्ने नै समस्या छ ।
उनले भनिन्, दुबै नातिनीको जन्मदर्ता नहुँदा पनि मलाई धेरै समस्या भएको छ ।

जन्मदर्ता नभएपछि विद्यालयमा भर्ना गर्न नमानेकोले पछिल्लो समयमा समस्या भएको उनको अनुभव छ । त्यसैगरी रोल्पा जिल्लाकी १४ बर्षिया कमला बिक पनि तुलसीपुर उपमहानगरपालिका वडा नं ५ को मुख्य बजारमा रहेको एक खाजा घरमा काम गर्दै आएकी छन् । घरमा खान पुग्दैन, आफु सानै हुँदा बुबाको निधन भयो, घर खर्च चलाउन पनि काम गर्नुपर्ने बाध्यता छ उनले भनिन् ।
कमलाका घरमा आमा, दुई बहिनी र एक भाइ छन् । उनी भन्छिन्– पढ्न त साह्रै रहर थियो, मेरा साथीहरु अहिले पनि स्कुल गइरहेकै छन् तर म कक्षा ५ मा पढ्दा पढ्दै छोडेर यहाँ आएको ।
अहिले रेखा र कमला मात्र होईन यहाँका धेरै बालबालिका अभिभावकको लापरबाही, चेतनाको अभाव एवम् विशेषगरी गरिवीका कारण पढ्ने लेख्ने समयमा अर्काको घरमा कामगरेर जिवीका चलाउन बाध्य भएका छन् ।

यी दुई परिवार यस क्षेत्रमा रहेको बालश्रमको अवस्थाका प्रतिनिधि मात्र हुन् । यहाँ जीवन गुजाराका लागि श्रम गर्न बाध्य बालबालिका धेरै छन् । त्यसैले अहिले तुलसीपुर उपमहानरपालिका वडा नं ६ ले वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने अभियान थालेको छ । सो वडाले सबै सरोकारवाला निकायलाई समेटेर ५७ सदस्यीय मुल समिति र ५ वटा उपसमिति पनि गठन गरेको छ ।
अहिले वडा कार्यालयले सो वडामा रहेका ७२ वटा टोल विकास संस्थाहरुमा पुगी विविध चेतनामुलक कार्यक्रमहरु जारी राखेको छ ।


त्यस्तै प्रत्येक टोल टोलका घर घरहरुमा पुगेर बालबालिकालाई कसैले काममा राखेका छन् कि भनी सुक्ष्म तरीकाले निगराने गर्ने, राखेको पाइएमा तुरुन्त घरमा फिर्ता पठाउन सम्बन्धित घरधनीहरुलाई अनुरोध गर्ने अटेर गरे कानुनी कारबाही गर्ने कामलाई अभियानकै रुपमा अघि बढाएको छ ।


त्यस्तै बालबालिकालाई काममा राख्ने गरेका होटल, ग्यारेज, पसलहरुमा पनि निगरानी बढाइएको वडा सदस्य यमुना परियारले बताउनु भयो । अभियानलाई प्रभावकारी बनाउन सञ्चार माध्ययमहरुमार्फत प्रचार गरिएको छ भने टोल टोलमा पर्चा, पम्पलेट, माइकिङ आदि गरिएको छ ।
तुलसीपुर बजार क्षेत्र वडा नं ५ र ६ मा पर्छ । सोही क्षेत्रमाा विस २०६८ सालमा बालबालिकाको क्षेत्रमा काम गदै आएको न्यूसिपिसी नामक संस्थाले तुलसीपुर बजारमा बालश्रमिकको अबस्थाका बारेमा तीन महिना लगाएर गरेको अध्ययनमा करिब २ सय ५० जना बालबालिका बालश्रमिकको रुपमा रहेको पत्ता लगाएको थियो ।


त्यस यता पनि बालबालिकालाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गरिएको र अहिले नागरिकमा बालबालिकालाई श्रममा लगाउन हुन्न भनेर आम नागरिकहरुमा चेतना बढेको सो संस्थाका अध्यक्ष निसा लामिछाने बताउनुहुन्छ । उहाँले तुलसीपुर उपमहानरपालिकाले वडा नं ६ लाई बाल श्रममुक्त वडा घोषणा गर्ने अभियान थालेर राम्रो गरेको र यसबाट अरु वडाहरुले पनि सिक्नुपर्ने सुझाव दिनुहुन्छ ।


तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले आफु वडालाई बालश्रम मुक्त गर्न धेरै समय पहिले देखि लागिरहेको बताउनु भयो । उहाँले करिव ६ महिनादेखि वडाका प्रत्येक टोल टोलमा पुगेर बालबालिकालाई श्रममा प्रयोग गरे नगरेको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।


बालबालिकालाई श्रममा लगाउनेलाई पहिचान गरी सरोकारवाला निकायसंग समन्वय गरी घरघरमा बालश्रमका बारेमा जानकारी तथा दण्ड सजायको समेत कुरा राखेपछि धेरैले आफुले राखेका बालबालिकालाई सम्बन्धीत अभिभावकको जिम्मा लगाएको पनि उहाँले बताउनु भयो ।
उहाँले यही भदौ २८ गते औपचारिक कार्यक्रमको आयोजना गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गर्ने तयारी गरेको र यसमा टोलबासी, सञ्चारकर्मी, स्थानिय प्रहरी प्रशासन महिला तथा बालबालिका कार्यालय तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएका संघसस्थाको सहयोग रहेको अध्यक्ष लामिछानेले बताउनु भयो ।


बालबालिकालाई श्रममा लगाउनेलाई ३ महिना कैद वा रु दश हजार जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी ब्यवस्था छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा १८ बर्ष मुनिका बालबालिकाको संख्या ४ हजार ५ सय रहेको छ । (रासस)