२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजदूत केशव झाको हत्यामा संलग्न उनका बडीगार्ड तामाङ कारागार चलान



अ+ अ-

काठमाडौं । पूर्वराजदूत केशव झाको हत्यामा समातिएका उनका बडीगार्ड सानुकान्छा तामाङ विरुद्द कारागार चलान भएको छ । जिल्ला अदालत काठमाडौंद्वारा तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिईएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले तामाङलाई गत साउन ३१ गते पक्राउ गरेको थियो । घटना आजभन्दा एक वर्षअघि भएको थियो । झाको बबरमहलस्थित आफ्नै घरमा गत वर्ष भदौमा हत्या भएको थियो । उनका परिवारले एक वर्षपछि झा हत्यामा सानुकान्छाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

झा हत्यामा उनकै संलग्नता रहेको भन्दै परिसरले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तामाङले ५० हजार लेनदेन विवादका कारण झाको हत्या गरेको प्रहरीको निष्कर्ष छ।