१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिलाई उत्तरदायी बनाउँदै नेकपा



अ+ अ-

बागलुङ । आफ्नो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उत्तरदायी बनाउन नेपाल जिल्लास्थित कम्युनिष्ट पार्टी (नेकपा) ले ‘जनतासँग जनप्रतिनिधि’ अभियान सञ्चालन गरेको छ । वडा तहमा पुगेर जनताका गुनासा सुन्न र विकास योजना तथा सेवा प्रवाहसम्बन्धी माग सुनवाइका लागि सघाउन थालेको सो अभियानले पार्टी, जनप्रतिनिधि र जनताबीच सम्बन्ध सुदृढ हुने विश्वाससमेत लिइएको छ ।

उक्त पार्टीको बागलुङ नगर समितिले बागलुङ नगरपालिका–१ मा पहिलो कार्यक्रम गरी अभियान शुरु गरेको थियो । नगरका १४ मध्ये सात वडामा कार्यक्रम सम्पन्न भइसकेको नगर समिति अध्यक्ष धनबहादुर परियारले बताए । “चुनावमा भोट माग्यौँ, आश्वासन बाँड्यौँ, चुनाव भएको पनि दुई वर्ष बितिसक्यो तर जनतामा र गुनासा, आक्रोश बढिरहेको छ”, उनले भने, “जनप्रतिनिधिलाई जिम्मेवार र उत्तरदायी भएर जनताको सेवामा लाग्ने वातावरण बनाउन पार्टीले अभियानमार्फत सहजीकरण गरेको हो ।”

गाउँ नफर्केको, जनतालाई बिर्सेको, सुविधाभोगी भएको, चुनावी वाचाअनुसार काम नगरेको जस्ता आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ । जनताको पीर, मर्का बुझ्न र गुनासा सम्बोधनका लागि अभियान प्रभावकारी बनेको नेकपा जिल्ला सचिव ज्ञामनाथ गेरै ‘अनिल’ले बताए ।बागलुङ नगरपालिकासँगै काठेखोला र बडिगाड गाउँपालिकामा पनि उक्त अभियान सञ्चालन भइरहेको उनको भनाइ थियो । जिल्लाका दशवटै स्थानीय तहमा अभियान सञ्चालन गर्ने नेकपाको तयारी छ ।

कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुख र वडाका अध्यक्षले बजेट तथा अन्य कार्यक्रमबारे जानकारी गराउने र सहभागीबाट सुझाव तथा गुनासोे सुन्ने गरिएको छ । प्रदेश सांसद र सङ्घीय सांसद पनि जनतासँगको सवालजवाफमा भाग लिँदै आएका छन् ।“सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि सहितको उपस्थितिमा कार्यक्रम गर्छौं”, सचिव गैरेले भने, “जनताको पनि उत्साहजनक सहभागिता छ ।”

विगतमा सम्पादन भएका कामको समीक्षा र भावी योजना निर्माणमा पनि कार्यक्रम सहयोगी बनेको जनप्रतिनिधिहरू बताउँछन् । “स्थानीय तहको काम, कारवाहीप्रति जनताको धारणा र गुनासा थाहा पाउने अवसर पनि बनेको छ”, काठखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले भने, “हामी सबैलाई आफ्नो जिम्मेवारीप्रति सचेत र उत्तरदायी बन्न यस अभियानले झक्झक्याएको छ ।”

पार्टीको प्रतिनिधित्व गर्दै चुनाव जितेका जनप्रतिनिधिलाई जनतासँग जोड्न अभियान फलदायी बनेको उनको भनाई थियो । अभियानले पार्टीलाई पनि जनस्तरमा स्थापित गर्न सघाउ पु¥याउने नेकपाको जिकिर छ । उक्त अभियानमा जनताका गुनासा मात्र सुन्ने नभई समाधानका लागिसमेत पार्टीले पहल गर्ने सचिव गैरेले बताए ।

कार्यक्रममा बढीजसो सडक, खानेपानी, सार्वजनिक निकायबाट हुने सेवा प्रवाहको सुधारजस्ता विषयमा नागरिकले प्रश्न र गुनासा गर्ने गरेका छन् ।