२२ भाद्र २०८३, सोमबार
,
Latest
सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारको सहयोग छः मुख्यमन्त्री पौडेल



अ+ अ-

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक क्याम्पस सवलीकरणका लागि प्रदेश सरकारले सहयोग गरिरहेको बताएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरले स्थापना गरेको शैक्षिक एफएम तथा टेलिभिजन प्रयोगशालाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले दर्ता मात्रै गर्ने तर नहेर्ने हुँदा सामुदायिक क्याम्पस समस्यामा रहेको बताए ।

हेटौँडा क्याम्पस सञ्चालक समितिको २० वर्षे नेतृत्व हालै मात्र छोडेको बताउँदै उनले भने,“सरकारले अनुमति दिएर छोड्ने, विद्यार्थीले कम शुल्क तिर्न खोज्ने, प्रध्यापकले त्रिवि सरह तलब खोज्ने र अभिभावकले गुणस्तरीय शिक्षा चाहने हुँदा सामुदायिक क्याम्पस समस्यामा छन् ।” सामुदायिक क्याम्पसमा अवसर र चुनौती दुवै भएको भन्दै उनले प्रदेश सरकारले सामुदायिक क्याम्पस र विद्यालयलाई सवलीकरण गर्ने नीति अघि बढाएको बताए ।

प्रयोगशाला स्थापनाका लागि प्रदेश सरकारले रु २० लाख सहयोग गरेको छ । आउँदा दिनमा पनि आवश्यकता अनुसार सहयोग गरिने उनले आश्वासन दिए । कार्यक्रममा क्याम्पस प्रमुख मणिराज महतोले विसं २०४५ मा स्थापना भएको क्याम्पसमा हाल तीन हजार विद्यार्थी अध्ययनरत रहेको बताए ।

प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारले उपलब्ध गराएको रकममा क्याम्पसले रु पाँच लाख थप गरेको उनले बताए ।
पत्रकारिता विषयका उपप्रध्याक मधुसुधन दवाडीका अनुसार सो क्याम्पसको कक्षा ११ र १२ तथा स्नातक तहमा दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् । प्रयोगशाला निर्माणसँगै विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने दवाडीले बताए ।