२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ वर्षमुनिका राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ



अ+ अ-

काठमाडौँ । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ । सन् २०२० मा आयोजना हुने उक्त च्याम्पियनसिपको छनोट खेलमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलङ्का रहेका छन् ।

नेपालले यही भदौ २८ गते आयोजक जोर्डनसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले आफनो दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ भने तेस्रो खेल असोज ३ गते ताजकिस्तानसँग र अन्तिम खेल असोज ५ गते श्रीलङ्कासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् । नेपाली टोलीको गोलरक्षकमा मनोज दहाल, जेनियस केसी, पाथुङ हाङ नेम्वाङ छन् भने डिफेन्डरमा अजय चौधरी, अभिषेक वाइवा, जान लिम्बू, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र आमीर हमिद छन् ।

त्यसैगरी मिडफिल्डरमा नितेश श्रेष्ठ, क्रिष्टल शाक्य, जन्मेजय धामी, विपीन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री छन् भने स्ट्राइकरमा शशाङ्क बोहोरा, सुजन जिमी, कृष्ण अधिकारी यादव, कृष सापकोटा र दिपेश राई छन् ।