१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्वारा गाँजा नष्ट



अ+ अ-

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार अवैध लागुऔषध गाँजा प्रहरीले नष्ट गरेको हो ।

उहाँले नुवाकोटको शिवपुरी गाउँपालिका–६ स्थित सुईचौरमा २५० बोट, बेलकोटगढी नगरपालिका–६ स्थित महादेव खड्कागाउँमा दुई सय बोट, विदुरनगपालिका–१० स्थित दारेगौँडामा एक हजार ५०० गरी जम्मा एक हजार ९५० गाँजाको बोट प्रहरीले नष्ट गरेको जानकारी दिए ।

उनले लागुऔषध दुव्र्यसनीबाट युवायुवतीलाई जोगाउन जिल्लामा प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।