३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालत पाटन बारमा मतदान जारी



अ+ अ-

काठमाडौँ। उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्यसमितिको आज मतदान भइरहेको छ ।

उक्त निर्वाचनमा बृहत् प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ । अहिलेसम्म ३०० कानुन व्यवसायीले मतदान गरिसक्नुभएको छ । उक्त बारमा दुई हजार ३६६ जना मतदाता रहेका छन् । बृहत् प्रगतिशील तथा पेसागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमोक्रेटिक लयर्स एसोसिएसनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोख्रेलले नेतृत्व गर्दै हुनुहुन्छ ।

नौ पदाधिकारीसहित १९ कार्यसमितिका लागि मतदान भइरहेका छ । आज बिहान ८ः०० बजेदेखि सुरू भएको मतदान ५ः०० बजेसम्म सञ्चालन हुनेछ । रासस