१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए नेदरल्याण्डको अध्यक्षमा कंडेल र आइसिसिमा शर्मा



अ+ अ-

नेदरल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्डको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा श्रीराम कंडेल र आइसिसि सदस्यमा मनोहरि शर्मा सर्वसम्मत भएका छन् ।

सेप्टेम्बर ८ मा सम्पन्न परिषद्को आठौं अधिबेशनले वरिष्ठ उपाध्यक्षमा मिम पुर्जा र उपाध्यक्षहरुमा अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणि पराजुली (अशोक) कुश बजगाईँ, हिरण्य ओझा र महिला उपाध्यक्षमा वर्षा खड्कालाई सर्वसम्मत चयन गरिएको छ भने महासचिवमा शंघर्षसील केसी, सचिवमा थम्मन बहादुर कार्की, कोषाध्यक्षमा खेम सापकोटा, सहकोषाध्यक्षमा रेशम गुरुङ, युवा संयोजकमा अमिर गुरुङ, महिला संयोजकमा राधादेवी शर्मा कंडेल, उत्तरी होल्याण्ड संयोजकमा सिता सापकोटा, दक्षिण होल्याण्ड संयोजकमा राजुकुमार श्रेष्ठ र लिम्ब्रुङ संयोजकमा खड्क रोका सर्वसम्मत भएका हुन् ।

त्यसैगरी परिषद्को सदस्यमा चन्द्र कुँवर, राम बुढाथोकी, श्रीधर पाण्डे, शालिक गौतम, दिपक ढकाल, ध्रुव न्यौपाने, थानेश्वर कँडेल, गणेश थापा, द्रोण रिजाल, राजेन्द्र कंडेल, सवि रिजाल (प्रवक्ता) र रामचन्द्र पोखरेल सर्वसम्मत भएका छन् ।

उक्त अधिबेशनमा बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।