२९ श्रावण २०८३, शुक्रबार
,
Latest
काठमाडौंमा लोकल कन्फरेन्स अफ युथ सुरू, निष्कर्षलाई राष्ट्रसंघीय सचिवालयसम्म लगिने एक करोड पर्यटक भित्र्याउने लक्ष्यसहित अघि बढ्नुपर्छ : सभामुख अर्याल ‘भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्’: सभामुख अर्याल व्यवसायीक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव पहिरोले घर पुरिँदा रोल्पामा तीन जनाको मृत्यु लागुऔषधसहित एघार जना पक्राउ देउवालाई विश्वप्रकाशले भने–पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्नुस् जाजरकोटमा बाढीले घर र पुल बगायो काँग्रेसलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा अपरिहार्यः उपसभापति शर्मा पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा किसानलाई मलको अभाव नहुने



अ+ अ-

काठमाडाैँ । कृषि सामग्री कम्पनी लिमिटेड झापाले मलको आपूर्ति निरन्तर गरिरहेको छ । हालसम्म जिल्लामा ३२ हजार ९९१ बोरा युरिया र २६ हजार २६७ बोरा डिएपी किसानलाई वितरण गरिएको छ । त्यस्तै, पोटास ३७.०५० मेट्रिक टन (७४१ बोरा) वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयका प्रमुख दीपककुमार राजवंशीले बताउनुभयो ।

धान रोपाइँको मुख्य चरण लगभग सकिएकाले अब किसानले आवश्यकताअनुसार मल प्रयोग गर्ने समय सुरु भएको छ । उहाँका अनुसार मल मौज्दात रहेकाले किसानले चिन्ता गर्नुपर्ने अवस्था छैन । कार्यालयमा हाल युरिया १३० मेट्रिक टन र डिएपी ५४ मेट्रिक टन मौज्दात रहेको छ । धान रोपाइँपछि धानको वृद्धि र उत्पादनका लागि विशेषगरी युरियालगायतका मल आवश्यक पर्ने भएकाले केन्द्रबाट दोस्रो चरणअन्तर्गत आवश्यक परिमाणमा मल आपूर्ति गर्ने प्रक्रिया सुरु भइसकेको प्रमुख राजवंशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत वर्षको यही अवधिमा भएको मलको खपतलाई आधार मानेर यस वर्ष पनि आवश्यकताको मूल्याङ्कन गरी आपूर्ति व्यवस्थापन गरिनेछ । “थप मल आउने भएकाले किसानले मलको अभाव व्यहोर्नुपर्ने अवस्था आउँदैन”, प्रमुख राजवंशीले भन्नुभयो ।

कार्यालयले झापाका किसानलाई मात्रै नभई पहाडी जिल्लातर्फ पनि मल वितरण गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको झापा कार्यालयबाट इलाम, पाँचथर र ताप्लेजुङका साथै तेह्रथुमको एउटा स्थानीय तहसम्म रासायनिक मल आपूर्ति तथा वितरण हुँदै आएको छ ।