१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन

सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन
फाइल फोटो
अ अ+ अ-

चितवन। जिल्लामा उत्पादित दूधबाट निर्माण गरिएका दुग्धजन्य परिकारको बिक्रीका लागि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चार वटा डेरीमार्ट सञ्चालनमा ल्याएको छ ।

सङ्घले भरतपुर महानगरपालिका-१० को दूरसञ्चार रोड, इन्द्रेणी चोक, वडा नं ३ को बेलचोक र वडा नं १२ को टाउन चोकमा मार्ट सञ्चालनमा ल्याएको हो ।

स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरिएको हो । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार नयाँ सञ्चालनमा आएका डेरीमार्टमा किसानबाट सङ्कलित शुद्ध दूध, दही, घिउ, पनिर, नौनीलगायत परिकार उपलब्ध हुनेछन् । सङ्घले एउटा मार्ट निर्माणका लागि करिब रु सात लाख खर्च भएको जनाएको छ ।

सङ्घको रत्ननगरमा रहेको आफ्नै दुग्ध उद्योगबाट उत्पादित वस्तु यी मार्टबाट बिक्री गर्दै आएको छ । आफ्नै मार्टबाट आफ्नै उत्पादन बिक्री गर्न थालेपछि उपभोक्ताको विश्वास बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मार्टले गर्दा दुग्ध उत्पादक किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।”

अहिले जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएकामा ५० प्रतिशत जिल्लाका बजारमा खपत हुँदै आएको छ सङ्घका अध्यक्ष बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ५० प्रतिशत कास्की, काठमाडौँ, रुपन्देही, गोरखा, नवलपुरलगायत जिल्लामा जाने गरेको छ ।

सङ्घले आगामी आर्थिक वर्षसम्ममा दैनिक चार लाख लिटर दूध उत्पादन गर्नेगरी योजनाबद्ध रूपमा काम गरिरहेको सङ्घका अध्यक्ष बगालेले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि पशु आहार, पशु स्वास्थ्य, पशु पालनमा लागेका युवा लक्षित कार्यक्रम, घाँस वितरण, थुनेलो, बाँझोपन न्यूनीकरणलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

अहिले जिल्लाका पशुपालक किसानले रु ४० करोड हाराहारी दूधको भुक्तानी पाउन बाँकी रहेको सङ्घका अध्यक्ष बगालेले बताउनुभयो । पछिल्लो समय दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानीमा सुधार गरेसँगै निजी उद्योगले पनि भुक्तानीलाई सहज बनाउन थालेका छन् ।

जिल्लामा ११५ दुग्ध उत्पादक सहकारीमार्फत ४० हजार किसानले दूध उत्पादन गरेर बजारमा ल्याउँदै आएका छन् । सङ्घले यस वर्ष जिल्लामा आठ वटा मार्ट खोल्ने योजनासहित कामलाई अघि बढाएको छ । अध्यक्ष बगालेका अनुसार यीसँगै काठमाडौँ र कास्कीको पोखरामा पनि मार्ट सञ्चालन गर्ने योजना छ । रासस