१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्किङ गरी राखिएको वडा अध्यक्षको गाडीमा आगजनी



अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का वडा अध्यक्ष जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्तासमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । यहाँको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा बिहीबार राति करिब १ बजेतिर आगजनी गरिएको प्रवक्ता सिंहले बताए।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए।’मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ,’प्रहरी निरीक्षक साउदले भने,’आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।’