२८ श्रावण २०८३, बिहीबार
,
Latest
समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिनु प्रेस स्वतन्त्रताविपरीत : नेपाल मिडिया सोसाइटी ‘नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र आन्तरिक सबलीकरण अनिवार्य’–पूर्वमुख्यसचिवहरू परराष्ट्र नीतिमा साझा दृष्टिकोण र राजदुत नियुक्तिमा विज्ञता आवश्यकः पूर्वमन्त्री पाण्डे राष्ट्रिय स्वार्थ रक्षाका लागि कुटनीतिक मर्यादाभन्दा नतिजा मुख्य हुन्छः डा. प्रकाशशरण महत परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ किशोर श्रेष्ठको गिरफ्तारीको विरोधमा पत्रकारहरूको धर्ना (फाेटाे फिचर) सिन्धुपाल्चोकमा टिपर दुर्घटनामा एक जनाको मृत्यु दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्णः डा. राजन भट्टराई कोशी टप्पुमा बढ्दो पर्यटक आकर्षण, दुर्लभ अर्ना र प्रवासी चराचुरुङ्गी मुख्य आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि विधिवत् सुरु भयो नेवार समुदायको धार्मिक पर्व ‘गुँला’ (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ ।

बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ । पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धाः बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा–आराधना गर्ने गर्छन् ।

गुँला पर्वको समयलाई साधना, दान र पुण्यकर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ । यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगोको सिङबाट बनाइएको विशेष बाजा (न्यकू) फुक्ने परम्परा हो । यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चीरशान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने प्रचलन रहेको छ । महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ ।
न्युज एजेन्सी नेपाल

 




भर्खरै