१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

परराष्ट्र नीतिलाई नयाँ ढङ्गले पुनर्परिभाषित गर्नुपर्छः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालको प्रचलित परराष्ट्र नीति र कूटनीतिक अभ्यासलाई समयसापेक्ष पुनःपरिभाषित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्रनीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै उहाँले परराष्ट्र नीति केवल कूटनीतिक शब्दावली, भाषा र प्रोटोकलमा सीमित हुन नहुने बताउनुभयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालले छिमेकी मुलुकहरूको तीव्र आर्थिक विकासबाट अपेक्षित लाभ लिन नसकेको भन्दै त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले भारत र चीनसँगको सम्बन्धलाई एउटै ढाँचाबाट हेर्न नहुने उल्लेख गर्दै दुवै मुलुकको विशिष्टता र नेपालको वास्तविक हैसियतलाई ध्यानमा राखेर सम्बन्ध अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

“हामीले लामो समयदेखि नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्दै आएका छौँ । तर अब प्रश्न गर्नुपर्छ– हामी दुई ढुङ्गाबीचको तरुल हौँ कि दुई ठूला आर्थिक शक्तिबीचको सम्भावना बोकेको देश ?” उहाँले प्रश्न गर्नुभयो ।

भारत र चीन विश्वका उदाउँदा तथा शक्तिशाली अर्थतन्त्र रहेकाले उनीहरूको विकासबाट सिर्जना हुने ‘स्पिलओभर इफेक्ट’ नेपालले सदुपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ थियो । नेपाल उत्पादनशील र ग्रहणशील बन्न नसक्दा छिमेकीको विकासबाट पर्याप्त लाभ लिन नसकेको उहाँले बताउनुभयो ।

नेपाललाई विगतमा ‘बफर स्टेट’ का रूपमा व्याख्या गरिए पनि पछिल्लो समय ‘ब्रिज’ का रूपमा चर्चा गर्न थालिएको उल्लेख गर्दै श्रेष्ठले कस्तो पुल र कस्तो कनेक्टिभिटी भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनुभयो । आर्थिक कूटनीतिबाट प्राप्त उपलब्धिको समेत समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालको संविधानले परराष्ट्र नीति सञ्चालनका लागि स्पष्ट आधार र सीमा निर्धारण गरेको उल्लेख गर्दै उहाँले सार्वभौमसत्ता, राष्ट्रिय हित, समृद्धि, समानता र असंलग्नताजस्ता संवैधानिक आधारलाई बेवास्ता गर्न नहुने बताउनुभयो । परराष्ट्र नीतिको मूल उद्देश्य राष्ट्रको समृद्धि र राष्ट्रिय हित सुनिश्चित गर्नु हुनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

श्रेष्ठले नेपालको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति र स्पष्ट गन्तव्यको आवश्यकता रहेको बताउनुभयो । राजनीतिक दलहरूबीच हुने सीमित सहमतिलाई मात्र राष्ट्रिय नीति भन्न नसकिने उहाँको तर्क थियो ।

पछिल्लो समय समाजमा बढ्दै गएको हीनताबोध, अनुत्पादकता र असक्षमताप्रति चिन्ता व्यक्त गर्दै उहाँले यस्ता प्रवृत्तिलाई समयमै सम्बोधन गर्न नसके राष्ट्रको अस्तित्व र भविष्यसमेत संकटमा पर्न सक्ने चेतावनी दिनुभयो ।

“चारवटा राजनीतिक दलका प्रतिनिधि एउटै ठाउँमा बसेर सहमति गर्दैमा त्यो राष्ट्रिय नीति बन्दैन । त्यो दलीय सहमति मात्र हुन्छ । राष्ट्रको साझा सहमति निर्माण गर्नुपर्छ र परराष्ट्र नीतिका आधारस्तम्भ तथा गन्तव्य स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

परराष्ट्र नीतिलाई राजनीतिक अस्थिरताको प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै श्रेष्ठले यसलाई स्थिर, दीर्घकालीन र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । राष्ट्रिय हितका आधारमा परराष्ट्र नीति निर्माणका लागि व्यक्तिगत र सामूहिक दुवै तहबाट प्रतिबद्ध प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।