१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा मङ्सिर १ देखि न्यूज फेस्टिभल हुने



अ+ अ-

लुम्बिनी । लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल पार्नका लागि आगामी मङ्सिर १, २ र ३ गते यहाँ न्यूज फेस्टिभल गरिने भएको छ ।

लुम्बिनी प्रेस क्लबको आयोजनामा हुने सो फेस्टिभलमा नेपालका विभिन्न राष्ट्रिय पत्रिकाका सम्पादक, टिभी, रेडियो तथा अनलाइनका सम्पादकहरु तथा नेपालस्थित अन्तरराष्ट्रिय मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने क्लबका अध्यक्ष दिपेश पछाईंले बताए ।

लुम्बिनी वर्ष २०७६ र नेपाल भ्रमण वर्षको सन्दर्भ पारेर हुन लागेको कार्यक्रममा ‘मोफसल’को समग्र पत्रकारिता, सङ्घीयतामा प्रेसको संरचना, पर्यटन प्रवद्र्धनमा पत्रकारको भूमिका , समाचारका विषय, लेखन र साहित्य , कलाको विषयमा नेपालमा अग्रज पत्रकार,सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गर्नुको साथै कार्यक्रमले मोफसलको पत्रकारितालाई उचाइ प्रदान गर्ने विश्वास लिइएको छ ।