२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ सामाजिक सुरक्षा भत्ता,कस्लाई कति ? जान्नुहोस्



अ+ अ-

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थ मन्त्रालयले बढेको सामाजिक सुरक्षा भत्ताको दर तय गरी राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई उपलब्ध गराएको छ ।

चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

नयाँ सामाजिक सुरक्षा भत्ता यस्तो रहेको छ :-

जेष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ

एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ

पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ

अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ

लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ

बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ

७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ