२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बजारलाई थप व्यवस्थित गर्न नयाँ कानूनी प्रबन्ध हुँदै



अ+ अ-

काठमाडौँ । केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न कम्तीमा रु २० करोड बराबरको सम्पत्ति हुनुपर्ने व्यवस्था गरिएको छ । सङ्घीय संसद्मा धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केन्द्रीय निक्षेप सेवा सञ्चालन अनुमतिपत्रका लागि निवेदन दिनुपर्नेसम्बन्धी व्यवस्थामा निक्षेप प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ उक्त व्यवस्था गरिएको हो ।

यस्तै केन्द्रीय निक्षेप सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा सुविधा पर्याप्त रहेको र धितोपत्र बजारमा भएका कारोवारको हिसाब राफसाफ गर्ने र त्यसको अभिलेख तथा कारोवारको विवरण प्रकाशन गर्न उपयुक्त व्यवस्था गरिएको छ । केन्द्रीय निक्षेप सेवा भन्नाले सङ्गठित संस्थाको धितोपत्र अभौतिकीकरण गरी त्यस्तो धितोपत्रको विद्युतीय माध्यमबाट अभिलेख राख्ने कार्य सम्झनुपर्ने विधेयकमा व्यवस्था छ ।

यस्तै विधेयकमा गलत तवरले धितोपत्रको कारोवार गरेको पाइएमा समेत कडा कानूनी प्रबन्ध गरिएको छ । विधेयकमा बिगो खुलेकामा बिगो भराई बिगो नखुलेकामा बिगो भराई जरिवाना र तीन वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ । बिगो खुलेकामा बिगो भराई बिगोबमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेकामा रु एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यस्तै बोर्डले दिएको निर्देशन पालना नगर्ने सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बोर्डले सचेत गराउने वा लिखित चेतावनी दिने, त्यस्ता संस्थालाई कारोवारमा आंशिक वा पूर्णरुपमा प्रतिबन्ध लगाउने, बोर्डले उपलब्ध गराउने सेवा निलम्बन गर्ने वा रोक्का राख्ने व्यवस्था गरिएको छ ।
यस्तै बोर्डबाट खटिएका कुनै अधिकारीले माग गरेको कागजात, विवरण, तथ्याङ्क वा अभिलेख तोकिएको अवधिभित्र उपलब्ध नगराउने संस्थालाई म्याद नाघेको सात दिनसम्म लागि दैनिक रु १० हजारको दरले जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यस्तै म्याद नाघेको आठ दिनदेखि १५ दिनसम्मका लागि दैनिक रु २५ हजारको दरले र म्याद नाघेको १६ दिनदेखि दैनिक रु ५० हजारको दरले जरिवाना लाग्नेछ ।